आज :

नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने

  • अनलाइन डबली

काठमाडौं । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ ।

नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ । नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो ।

क्यानडामा द्विपक्षीय शृङ्खला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-२ का ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ ।

अमेरिकामा भएको लिग-२ को ओमानसमेत सम्मिलित शृङ्खलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग-२ मा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal