आज :

पेट्रोल र डिजेलको मूल्य घट्यो, पेट्रोल १७९ र डिजेल १६३ रुपैयाँमा पाइने

  • अनलाइन डबली

काठमाडौँ । सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । उद्योग तथा आपूर्ती मन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनको आयोजना गरी पेट्रोल र डिजेलको मूल्य घटाएको जानकारी दिएका छन् ।

शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।

मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

आजै विहान सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले पेट्रोल र डिजेलको मल्य घटाउने सहमति जुटाएको थियो । त्यसको लागि सरकारले पेट्रोल र डिजेलमा लगाएको केही कर फिर्ता लिन सरकारलाई निर्देशन दिने सहमति जुटाएको थियो ।

त्यसलगत्तै मन्त्री बडुले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आजै रातिबाट लागु हुने गरी मूल्य घटाउने जानकारी दिएका थिए । उनले कर फिर्ताकाे प्रक्रिया अर्थ मन्त्रालयले गर्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal