आज :

अमेरिकी सर्वोच्च अदालतले उल्ट्यायो गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो फैसला, देशभर तरंग

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण फैसलामा कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ।

यसपछि महिलाका लागि गर्भपतनको अधिकार वैध हुने कि नदिने भन्ने सम्बन्धमा राज्यले आफ्नो छुट्टै नियम बनाउन सक्ने बताइएको छ ।

अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसलालाई उल्ट्याएको छ जसमा संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको थियो ।

केही साताअघि यस मुद्दाको फैसलासँग सम्बन्धित कागजपत्र बाहिरिएपछि अदालतले यसको पक्षमा फैसला गर्न सक्छ भन्ने चर्चा सुरु भएको थियो ।

विज्ञहरू भन्छन् कि अदालतको यो निर्णयले अमेरिकामा गर्भपतनको अधिकारलाई परिवर्तन गर्नेछ किनभने यसपछि अब हरेक राज्यले यस सम्बन्धमा आफ्नै नियम बनाउन सक्नेछन्।

यसपछि अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्धहरू लागू गर्न सक्ने विश्वास गरिएको छ । १३ राज्यले गर्भपतनलाई गैरकानूनी बनाउने कानुन पारित गरिसकेका छन्, सर्वोच्च अदालतको फैसलापछि यी कानुन लागू हुनेछन् ।

केहि थप राज्यहरूले पनि चाँडै यस सम्बन्धी प्रतिबन्धहरू लागू गर्न सक्ने अपेक्षा गरिएको छ । त्यस्तै धेरै राज्यहरूले गर्भपतन सम्बन्धी महिला अधिकार दिने नियमहरू लागू गर्न सक्छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal