काठमाडौँ । केही हप्तौंदेखि भिषण लडाइँ जारी रहेको युक्रेनको सामरिक महत्व बोकेको पूर्वी शहर सेभेरोडोनेट्स्कमा युक्रेनले हार स्वीकार गरेको छ । रुसी सेनासँग अन्तिम प्रतिवाद गरिरहेका सानो टुकुडीलाई युक्रेनले पछि हट्न आदेश दिएको छ ।
रुसले युक्रेनसँग जोड्ने पुलहरु भत्काएको थियो भने शहरमा पसेर आत्मसमर्पण गरेर ज्यान जोगाउन युक्रेनी फौजलाई भनिरहेको थियो । तर, पनि युक्रेनको सानो फौजले शहरको एकछेउमा लुकेर बसेको थियो । युक्रेनले आफैले अन्य क्षेत्रबाट रुसी फौजमाथि प्रहार गर्दै आएको थियो ।
दुबै पक्षले गोलाबारी र भौतिक संचरना तथा पुलहरु भत्काएका थिए । रुसले किभसँगको सम्बन्ध विच्छेद गराउन खोजेको थियो भने युक्रेनी फौजले रुस सेना आउन क्षेत्रका पुलहरु भत्काएको थियो । बीबीसीका अनुसार युक्रेनी फौजी भएसँगै अब लुहान्स्कको सबै भाग रुसी नियन्त्रणमा पुगेको छ ।
लिसिचान्स्क शहरमा युक्रेनी फौजले मानव इलाकामा लुकेर प्रतिवाद गरिरहेको छ । यो शहर पनि केही दिनमै रुसको कब्जामा जाने बताइएको छ । अब रुसी सेना सेभेरोडोनेत्स्कबाट लिसिचान्स्क शहरतिर अघि बढेको बताइएको छ ।
लुहान्स्क क्षेत्रका प्रमुख सेर्हेई हाइडाईले युक्रेनी टेलिभिजनमा बोल्दै आफ्नो सेना फिर्ता भएको स्वीकार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उलने भने, “महिनौँदेखि लगातार बमबारी भइरहेको ठाउँमा अडिग हुनुको कुनै अर्थ नरहेको ।” बीबीसीका अनुसार त्यहाँबाट पछि हटेको सेनलाई नयाँ ठाउँमा आड लिन र त्यहाँबाट लडाइँ जारी राख्न हाइडाईले निर्देशन दिएको बताएका छन् ।
यो क्षेत्र रुसी भाषीहरु बसोबास गर्छन् । त्यसैले रुसले यो क्षेत्रलाई प्राथमिकतामा राखेको थियो । डोनेट्स्क र लुहान्स्कसहितको भूभागलाई डोनबास भनिन्छ । यो युक्रेनको ठूलो औद्योगिक क्षेत्र पनि हो ।
यो क्षेत्रलाई किभले रुसी भएको नजरले हेर्ने गरेको बताइन्छ । किभसँग असन्तुष्ट डोनबास क्षेत्रका आदिबासीहरुले अलग राज्यको माग गर्दै सन् २०१४ देखि नै संघर्षरत छन् । किभले डोनबासमा रहेका रुसी भाषीहरूमाथि दमन गर्दै आएको रुसको दाबी छ ।
सेभेरोडोनेट्स्कका गभर्नर हाइडाईका अनुसार शहरको पूर्वाधार पूर्ण रूपले ध्वस्त भएको बताउँदै र ८० प्रतिशत घरहरुमा गम्भीर क्षति पुगेको छ । यो क्षेत्रमा एक लाख जनसंख्या बस्दै आएको थियो ।
यहाँ युक्रेनका विशाल रासायनिक कारखानाहरु छन् । त्यसैले पनि रुस र युक्रेनको लागि महत्वपूर्ण क्षेत्रको रुपमा हेरेका थिए । युद्धबाट बच्न सर्वसाधारण रासायनिक कारखानामा आश्रय लिइरहेका थिए । युक्रेनी सेनाले हार स्वीकार गर्दै पछि हटेपछि यो क्षेत्र शान्त भएको बताइएको छ ।
यसैबीच रूसले युक्रेनमा नयाँ संस्करणका अस्त्र पठाएकाे छ । अमेरिकाले ग्लाेबल हक यूएभी युक्रेनलाइ दिएपछि रूसले नयाँ संस्करणका मिसाइल, डिफेन्स सिस्टमसहित अस्त्र पठाएकाे छ । यी अस्त्र बाेकेका गाडीहरू राजधानी किभतिर