आज :

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख, कुन क्षेत्रमा कति ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले शुक्रबार नगरसभामा आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।

विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो । यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ ।

यस्तै, पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको डंगोलले बताइन् ।

बजेट खर्चको स्रोत व्यवस्थापनतर्फ महानगरले सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार बाहेक सामाजिक सुरक्षा भत्ता, संघीय सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने र स्थानीय सञ्चितिकोष बाहेकको बजेटमा समावेश हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

कुन क्षेत्रमा कति बजेट?

बजेटमा पूर्वाधारतर्फ सबभन्दा बढी करिब ५० प्रतिशत बजेट विनियोजन गरिएको छ। उपमेयर डंगोलले पूर्वाधार निर्माणका लागि ११ अर्ब ८ करोड रूपैयाँ छुट्टयाएकी छन्। यो कुल बजेटको ४९.५७ प्रतिशत हो।

पूर्वाधारपछि बजेटको सबभन्दा ठूलो हिस्सा कार्यालय सञ्चालन र प्रशासनिक खर्चमा जान्छ। उपमेयर डंगोलले यो शीर्षकमा ४ अर्ब ६८ करोड रूपैयाँ छुट्टयाएकी छन्। यो कुल बजेटको २०.९६ प्रतिशत हो।

सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ६२ करोड विनियोजन गरिएको छ। यो बजेटको ७ प्रतिशतभन्दा बढी हो।

सुशासन कार्यक्रम सञ्चालन गर्न ४ अर्ब ४६ करोड विनियोजन गरिएको छ जुन बजेटको करिब २० प्रतिशत हो। त्यस्तै आर्थिक विकासका लागि ५० करोड २१ लाख छुट्टयाइएको छ। यो बजेटको २.२४ प्रतिशत हो।

काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि संघ तथा प्रदेश सरकारबाट १ अर्ब ३१ करोड रूपैयाँको सशर्त अनुदान प्राप्त गरेको उपमेयर डंगोलले जानकारी दिइन्।

नगरसभामा मेयर बालेन्द्र साहले बजेट कार्यान्वयनको लागि आर्थिक विधेयक समेत प्रस्तुत गरिएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal