काठमाडौँ । जनवादी गणतन्त्र चीनको लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् ।
लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका श्रेष्ठको स्थायी घर धादिङ हो । शिक्षक हुँदै, कानुन र समाज सेवामा निरन्तर लागेको श्रेष्ठले नेकपा (माओवादी केन्द्र) को निर्वाचन आयोगको प्रमुखको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए ।
मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेरे एग्रिमोका लागि चीनमा पठाएको थियो । चीनले गत सातामात्रै एग्रिमो पठाएपछि उनलाई आज राष्ट्रपति विधादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।
“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा श्री विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभइको छ” राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



अनलाइन डबली


