आज :

विप्लव नेकपाबाट राजिनामा दिएका नेताहरु भन्छन्– सबै माओवादीहरु एक हुनुको विकल्प छैन

  • अनलाइन डबली

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता ओमप्रकाश पुनसहित चार नेताले सामुहिक राजिनामा दिएका छन् । उनीहरुले माओवादी शक्तिहरु एकजुटा हुनु अहिलेको आवश्यकता भएको बताएका छन् । माओवादी विभाजन र टुटफुटकै कारण प्राप्त उपलब्ध नै गुम्ने खतरामा पुगेको बताउँदै उनीहरुले एकता र ध्रुविकरणलाई केन्द्रमा राखेर आफूहरुले राजिनामा दिएका बताए ।

राजिनामा लगत्तै पुनले अनलाइन डबलीसँग कुरा गर्दै भने, “माओवादीहरु विभाजनकै भएका कारण जनताको आन्दोनलबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा भएको छ । जनयुद्ध र जनआन्दोलनको उपलब्धीकार रक्षा गर्दै अगाडि बढ्न फेरि पनि माओवादीहरुबीच एकता र ध्रुविकरण आवश्यक छ, त्यसैको लागि हामीहरुले राजिनामा दिएका हौं ।” उनले माओवादीहरुबीचको एकता र ध्रुविकरण नै अहिलेको आवश्यकता भएको समेत बताए ।

पुनले वर्तमान विश्व र राष्ट्रिय राजनीतिक अवस्थाका कारण सदन र सकड दुबै मोर्चामा समाल्नु पर्ने भएको बताए । उनले संसदलाई उपयोग गर्न सकिने बताए ।

संयुक्त विज्ञप्तिमा पनि माओवादीहरु एक ठाउँमा आउनुपर्ने अवस्थाको बोध भएकै कारण नेकपाबाट राजिनामा दिएको उल्लेख गरिएको छ । “अहिलेको विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं । नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्दै व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महशुस गरी तयसैको प्रयासरुवरुप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौ” विज्ञप्तिमा भनिएको छ ।

पुनसँगै बझाङका पुरानो माओवादी नेता तथा केन्द्रीय सदस्य शंकर खड्का, केन्द्रीय दलहबहादुर धामी रहेका छन् । खड्का बझाङबाट पहिलो संविधानसभामा बझाङबाट निर्वाचित भएका थिए भने धामी जनयुद्धका स्वास्थ्यकर्मी हुन् ।

त्यसैगरी नेकपाका युवा नेता रमेश पयिार नेकपा दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज भइसकेका हुन् भने हाल विशेष कमिटीमा भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal