आज :

दुई दशकयताकै शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, यस्तो छ क्षतिकाे थप विवरण

  • अनलाइन डबली

काठमाडौँ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार पुगेको छ । भूकम्पबाट सबैभन्दा धेरे प्रभावित पाक्टिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हफिजीले मुलुकमा गएको भूकम्पका कारण १ हजार जनाको मृत्यु भएको बीबीसीलाई जानकारी दिएका हुन् ।

दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा अरु १५ सय जना घाइते भएका छन् ।

तालिबानका नेता हैबतुल्लाह अखुन्दजादाले भूकम्पका कारण सयौँ घरहरु ध्वस्त भएको र मृतकको संख्या बढ्नसक्ने बताएका छन् । यससँगै यो भूकम्प अफगानिस्तानमा दुई दशकयताकै घातक रहेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरुमा उद्धारकर्ता तथा खोजकर्ताहरुले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरुलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ ।

स्थानीय समयअनुसार बिहान साढे १ बजेतिर गएको भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्रमा रहेकाले त्यहाँ उद्धार एवम् राहत कार्यमा समस्या उत्पन्न भएको र हेलिकोप्टर तथा अन्य उपकरणको प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी राखिएको बताइएको छ ।

‘दुर्भाग्यवश गएराति पाक्टिका प्रान्तको चार जिल्लामा शक्तिशाली भूकम्पको महसुस गरियो, यसका कारण हाम्रा सयौँ देशवासी मारिए एवम् घाइते भए भने दर्जनौँ घरहरुमा ध्वत भए ।’ अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘हामी सबै सहयोगी निकायहरुलाई सो क्षेत्रमा तत्काल परिचालन हुन आग्रह गर्दछौँ ।’ अफगानिस्तानमा गएको भूकम्पको धक्का छिमेकी मुलुकहरु पाकिस्तान र भारतसम्म महसुस गरिएको बीबीसीले जनाएको छ । यद्यपि भूकम्पका कारण अफगानिस्तानमा बाहेक अन्यत्र कुनै क्षतिको विवरण भने नआइसकेको बीबीसी उर्दूले जनाएको छ ।

अफगानिस्तानमा प्रायजसो भूकम्पहरु जाने गरेको बताइन्छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा ७ हजार भन्दा धेरैको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

इमरान खानको नेतृत्वमा पाकिस्तान विश्वकै कुख्यात मानवअधिकार उल्लङ्घनकर्ता बनेको प्रतिवेदन सार्वजनिक
इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनिक भएको छ । सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरनाक मानवअधिकार उल्लङ्घनकर्ताका रूपमा दरिएका छन् ।

उनको कार्यकालमा सञ्चारगृह, मानवअधिकार रक्षक समूह र सामाजिक सञ्जालका अभियन्ताहरूलाई दबाउन खोजिएको जस्ट अर्थ न्यूजले जनाएको छ । खानले आफ्नो शासनकालमा असन्तुष्ट पक्षको हत्या, पत्रकारलाई कुटपिट र वाक् स्वतन्त्रतामाथि प्रहार गरेको जनाइएको छ ।

पाकिस्तानको मानवअधिकार आयोगले यो वर्षको प्रारम्भमा जारी गरेको ‘मानव अधिकारको स्थिति प्रतिवेदन २०२१’ मा उक्त वर्ष अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा सबैभन्दा बढी क्षति पुगेको उल्लेख थियो ।

जनताको बोल्ने र मन लागेको काम गर्ने अधिकार खान सरकारले सङ्कुचित तुल्याउनका साथै उनको राजनीतिक दल तहरिक–ए– इन्साफ पिटिआईका कार्यकर्ताले पनि पत्रकाररूमाथि दमन गरेका थिए । पत्रकारलाई धम्की दिएका नौ वटा घटना प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनअनुसार खान सरकारले सेनासँग मिलेर पत्रकारमाथि निर्मम कदम चालेका थिए । उनी र उनका सहयोगीहरूका अमानवीय गतिविधिले पाकिस्तानलाई विश्वमा उपहासको पात्र बनाएको छ । धेरै आलोचकलाई बेपत्ता परिएको, असहमति जनाउनेलाई प्रहरी लगाएर दमन गरिएको र सीमान्तकृत वर्ग पनि त्यस्ता अराजक गतिविधिको शिकार भएका थिए ।

पाकिस्तानी मानव अधिकार आयोगले मात्र नभई अमेरिकी विदेश मन्त्रालयले पनि इस्लामावादले गैरकानुनी एवम् स्वच्छाचारी हत्यालाई प्रश्रय दिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसैगरी ह्युमन राइट्स वाचले पनि सरकारी सुरक्षा बल र लडाकु समूहले भयको वातावरण सृजना गरेर नागरिक अधिकार कुण्ठित पारेको प्रतिवेदन निकालेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal