आज :

सकियो सत्ता गठबन्धनको बालुवाटार बैठक, गर्यो यस्तो निर्णय

  • अनलाइन डबली

काठमाडौँ । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक संसदबाट अघि बढाउने निर्णय गरेको छ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विधेयक अघि बढाउन प्रस्ताव गरेका थिए।

बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको हो।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रक्रियाहरू पूरा गरेर विधेयक संसदमा अघि बढाउने निर्णय भएको जानकारी दिए।

आजको बैठकमा शान्ति प्रक्रियाका बाँकी प्रक्रियामा पनि चाँडै टुंग्याउने निर्णय भएको छ। कानुन मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रिया टुंग्याउने विषयमा अहिलेसम्म भएका विषयको प्रतिवेदन पेस गरेका थिए।

बैठकमा अहिले बढिरहेको महंगीबारे पनि छलफल भएको थियो। महंगीबारे सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको कार्कीले जानकारी दिए। मन्त्रिमण्डल पुनर्गठनबारे भने आज छलफल नभएको उनले बताए।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal