आज :

अफगानिस्तानमा ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, यस्तो छ प्रारम्भिक क्षतिको विवरण

  • अनलाइन डबली

काठमाडौँ । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।

भूकम्प मध्यरात गएकोले ठूलो मानवीय क्षति भएको हुन सक्ने बताइएको छ । प्रारम्भिक विवरणअनुसार ३०० जनाको ज्यान अधिकारीहरुले सरकारी संचार माध्यमहरुले बताएका छन् । स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइते ओसारिएको दृश्य सामाजिक संजालमा देखिएका छन् ।

त्यसैगरी भूकम्पमा परी दुई हजार भन्दा बढी व्यक्तिहरु घाइते भएको बताइएको छ । यसको पुष्टि भने हुन सकेको छैन ।
घाइते र ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताएको छ ।

सरकारका प्रवक्ता बिलाल करिमीका अनुसार भूकम्पका कारण सयौँ नागरिकको ज्यान जाननुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन् ।
उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गरको करिमीले बताएका छन् ।

भूकम्प केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ। अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।प्रत्यक्षदर्शीहरूले जनाएअनुसार अफगान राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का पुगेको थियो।

अफगानिस्तान भूकम्पीय हिसाबले जोखिम मानिन्छ । संयुक्त राष्ट्रसङ्घका प्रतिवेदन अनुसार प्रत्येक वर्ष अफगानिस्तानमा भूकम्पका कारण सरदर ५६० जनाको मृत्यु हुने गरेको छ । ग्रामीण भेगमा बलियो घर नबनाइने भएकाले विशेष गरेर त्यहाँ भूकम्पले ठूलो मानवीय क्षति पुर्‍याउने गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal