आज :

लिथुनियाले सप्लाई रोकेपछि रुसले अहिलेसम्म सार्वजनिक नगरेका मिसाइल बाल्टिक सागरमा उतार्यो

  • अनलाइन डबली

काठमाडौँ । युक्रेन विवादले विस्तारै विशाल रुप लिँदैछ । रुसले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको करिब चार महिनापछि नेटो त्यसमा प्रत्यक्ष जोडिएको छ । नेटोले लिथुनियालाई अगाडि सारेको छ ।

लिथुनियाले रुसी भूभाग कलिनिनग्राडमा रेलद्वारा निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ । नेटो सदस्य देश लिथुनियाले यूरोपेली संघले लगाएको प्रतिबन्धलाई देखाउँदै रुसको सप्लाई नै रोकेको छ । लिथुनियाले आफ्नो सप्लाई रोकेपछि रुस आक्रोसित भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विश्वास पात्र तथा सुरक्षा परिषद सचिव तथा रक्षा विज्ञ निकोलाइ पाट्रुसेफले सो क्षेत्रमा पुगेका छन् । उनले लिथुनियाको शत्रुतापूर्ण कदमको जवाफ दिने बताए । उनले मङ्गलवार कलिनिनग्राडको भ्रमण गर्दै पाट्रुसेफले लिथुनियाद्वारा लगाइएको नाकाबन्दी पश्चिमाहरूको उक्साहट भएको र त्यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताउँदै निकट भविष्यमा उपयुक्त कदम चाल्ने त्यसको परिणाम लिथुनियाको जनसङ्ख्या लागि गम्भीर रूपमा नराम्रो हुने चेतवानी दिए ।

यसअघि मङ्गलवार रुसी विदेश मन्त्रालयले उक्त कदमविरुद्ध युरोपेली सङ्घका राजदूतलाई बोलाएर प्रश्न गरेको थियो । अघिल्लो हप्ता लिथुनियाका अधिकारीहरूले उनीहरूले ईयूको प्रतिबन्धमा रहेका बस्तुहरू आफ्नो देशको भूभाग हुँदै कलिनिनग्राडसम्म लैजान रोक्न लगाउने बताएका थिए ।

लिथुनियाका विदेशमन्त्री ग्याब्रिएलयुस लेन्ड्सबेर्गीसले आफ्नो देशले केही नगरेको र युरोपेली प्रतिबन्धहरूले जुन १७ बाट काम गर्न थालेको बताएका छन् । उनले युरोपेली आयोगसँग छलफल गरेर उक्त निकायकै नियम अनुसार उक्त कदम चालिएको बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

रुसको कलिनिनग्राड क्षेत्रका गभर्नर एन्थोन एलिखानोभले कालिनिनग्राडले आयात गर्ने करिब ५० प्रतिशत बस्तु प्रतिबन्धमा पर्ने बताए ।
रुसले कलिनिनग्राड लैजान कतिपय सामाग्रीमा पारवहन सुविधा नदिएकोमा लिथुनिया र ईयूसँग आक्रोशित हुँदै नाकाबन्दी भनेको छ । रुसी जल सेना बाल्टिक समुद्रमा तैनाथ गरिएको छ । रुसले परमाणु क्षमता भएका बलिस्टिक क्षेप्यास्त्रहरू तयारी अवस्थामा राख्ने आदेश दिएको छ । रुसले अहिलेसम्म सार्वजनिक नगरेका क्षेप्यास्त्र तथा मिसाइल सो क्षेत्रमा पुर्याएको छ ।

लिथुनियाले रुसको लागि बाटो नछोडे यही विषयलाई लिएर विवाद बढ्दै जानेछ । नेटो सदस्य देशहरुले आफ्ना हतियार र सेना लिथुनियाको भूमिमा जम्मा गर्न थालेका छन् । यसले तेस्रो विश्वयुद्धको संकेत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

भारतीय रक्षा विज्ञ आर एन सचदेवाले नेटोले लुनियालाई उक्साएको बताए । उनि रुसलाई घेराबन्दी गर्न खोजेपछि विनास निम्तिन सक्ने बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal