आज :

राजपरिवारका सदस्यको औपचारिक कार्यक्रममा गृह मन्त्रालयले लगायो रोक, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । झापामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ।

मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शनिबार नेपाल आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए।

त्यसपछि उनी प्रसाईंले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। युएईका राजपरिवारका सदस्यको उक्त भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको थिएन।

त्यसैले निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

‘युएईका राजपरिवारका सदस्यलाई युएईको दूतावासको अनुरोधमा परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी रूट प्रयोग गर्न दिएको छ,’ झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले भने, ‘उहाँ दुर्गा प्रसाईंको व्यक्तिगत निमन्त्रणामा नेपाल आएको देखिन्छ। उहाँ निजी भ्रमणमा आएको हो। निजी भ्रमणमा आएको व्यक्तिले सार्वजनिक, सामाजिक, साँस्कृतिक सम्पदाहरूको उद्घाटन गर्ने, मस्जिद उद्घाटन गर्ने वा मदरसाको उद्घाटन/शिलान्यास गर्नेजस्ता कुरा गर्न उपयुक्त हुँदैन। किनभने यो कुटनीतिक सम्बन्धको पनि कुरा हुन्छ। ’

झापामा युएईका राजपरिवारका सदस्य सहभागी हुने कुनै पनि कार्यक्रम नेपाल सरकारको अनुमति लिएर गरेको नपाइएको पनि गृह मन्त्रालय स्रोतले बताएको छ।

युएईका राजपरिवारका सदस्यले झापाका कचनकवल र भद्रपुरमा मस्जिद, विश्वविद्यालय शिलान्यास गर्नेजस्ता कार्यक्रम तय भएका थिए। ती कार्यक्रममा गृहले रोक लगाइदिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal