आज :

मध्यरात देउवा सरकारको उपहारः एकै पटक पेट्रोलमा २१ र डिजेलमा २७ रुपैयाँ बढाइयो, पट्रोलको १९९ पुग्यो

  • अनलाइन डबली

काठमाडौँ । नेपाल आयल निगमले मध्यरातबाट लागु हुने गरी भारी मात्रामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । युक्रन युद्धका कारण सिर्जना भइको उर्जा संकटका कारण भारतीय आलय निगमले मूल्य बढाएर पठाएको र निगमले भुक्तानी गर्न नसकेर बक्यौता रकम बढ्न गएको बताउँदै निगमले एकै पटक ठूलो अन्तरमा मूल्यवृद्धि गरेको हो ।

निमगले गएराति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा एकै पटक २१ रुपैयाँ बढाएको छ । अब पेट्रोलको नयाँ मूल्य १९९ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलमा २७ रुपैयाँ बढेर १९२ पुगेको छ ।

त्यसैगरी निगमले आन्तरिक हवाई इन्धनमा १९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ एक सय अमेरिकी डलरले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार आन्तरिक हवाई इन्धनको १८५ र बाह्य १ हजार ६४५ पुगेको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छैन ।

निगमले एक विज्ञप्ति जारी गरेर असार ९ गतेसम्म भारतीय आयल निगमलाई २२ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको तथा खरिद लागत बढ्दै गई चरम आर्थिक संकटबाट निगम गुर्जिदै गएको हुँदा पेट्रोलियम पदार्थको समग्र आगूर्ती व्यवस्था दुरुस्त बनाई राख्न निगम संचालक समतिको आइतबारको बैठकले मूल्य समायोजना गर्ने निर्णय गरेको बताएको छ ।

निगमले अझै पनि मासिक ४ अर्ब ७० करोड घाटा नै रहेको बताएको छ । असार मसान्तसम्ममा करिब ५० देखि ५५ रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको बताएको छ ।

भारतीय आयल निगमलाई पेट्रोलियम पदार्थ खरिद वापत तिर्नुपर्ने बक्यौता रकम बढदै जाने देखिएको हुँदा आपूर्ती व्यवस्था सहज बनाइ राखन लागत अनुरुप नै मैल्य समायोजन गर्दै जानुपर्ने बाध्यता रहेको बताएको छ ।

त्यसैगरी निगमले विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयत गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका स्वदेशी उर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरुले समेत मनन गर्न आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात, खाद्यन्नलगायत हरेक क्षेत्रमा मूल्य बढेर नागरिकले सहज रुपमा दैनिकी चलाउन नसक्ने अवस्था सिर्जना हुने देखिएको छ । सरकारको फितलो बजार अनुगमनको कारण रातारात कालोबजारी र महंगी बढिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal