आज :

एसीसी महिला टी-२० च्याम्पियनसिप- नेपालले भुटानलाई ५० रनले हरायो

  • अनलाइन डबली

काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको छ । मलेसियाको बांगीस्थित यूकेएम-वाईएसडी क्रिकेट ओभलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १/१ विकेट लिए ।

९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान १७.५ ओभरमै अलआउट भएको हो । छिरिङ जाङ्मोबाहेक भुटानका लागि कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । छिरिङले २८ बलमा १६ रन बनाएकी थिइन् ।

नेपालका लागि सबनम राईले किफायती बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले ६ रन मात्र खर्चिएकी थिइन् । त्यस्तै कविता कुँवर र सीता राना मगरले २/२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र इन्दु बर्माले १/१ विकेट लिए ।

जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । नेपाली टिमले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal