आज :

ओलीकै पालामा एसपीपीमा सम्झौता भएको खुलासा, पत्र सार्वजनिक भएसँगै एमालेमा खैलाबैला

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी खुलासा भएको हो । ओली सरकारको पालामा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रिले पत्र लेखेर एसपीपीमा सहभागी हुने पत्र पठाएका थिए ।

विहीबार सार्वजनिक भएको पत्रमा क्षत्रिले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो । सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई पठाएको पत्र सार्वजनिक भएको छ । क्षत्रिले टेप्लिजलाई सम्बोधन गर्दै एसपीपीमा सहभागिताका लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ ।

विहीबार संचारमाध्यममा सार्वजनिक भएको पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरूबीच सहकार्य गर्नेबारेमा उल्लेख छ । स्रोतका अनुसार एसपीपीमा सहभागी हुने विषयमा पहिला अमेरिकी सरकारले तत्कालिन प्रधानमन्त्री ओलीसँग टुंगो लगाएको थियो । ओली सहमत भएपछि पत्राचार भएको बताइएको छ ।

बुधबार अमेरिकी दूतावासले नेपाली सेना एसपीपीमा सहभागी भइसकेको बताएपछि सैनिक मुख्यालयले विज्ञप्ति जारी गर्दै त्यस्तो सम्झौतामा सहभागी नभएको र भोलिका दिनमा हुन नसक्ने बताएको थियो ।

विज्ञप्तिमा नेपाली सेनाले एसपीपी सम्झौता नगरेको र नगर्ने समेत बताएको थियो । सेनाले नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नसक्ने सेनाले स्पष्ट समेत पारेको छ ।

सेनाले निकालेको विज्ञप्तिमा अमेरिकासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको बताइर्एको छ ।

“नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराइन्छ” विज्ञप्तिमा भनिएको छ ।

संसद बैठकमा बोल्दै ओली सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावलीले आफूहरुको पालामा एसपीपी सम्झौता अमेरिकाले प्रस्ताव गरेको तर अगाडि नबढाइएको बताएका थिए । ज्ञवालीले उक्त कुरा बोलेको २४ घण्टा नबित्दै पत्र नै सार्वजनिक भएको छ । यसले उनको बोलीको विश्वशनियतामाथि प्रश्न खडा गरेको छ ।

नेपाली सेनाको हिजोको विज्ञप्तिले नेपालीलाई खुशी बनाएको थियो । तर केही घण्टाभित्रै विज्ञप्ति झुट सावित भएको छ । पत्र सार्वजनिक भएसँगै एमाले र तत्कालिन प्रधानसेनापति क्षति माथि गम्भीर प्रश्न खडा भएको छ । एसपीपी सैन्य संगठनमा आवद्ध हुने सम्झौता भएको भन्दै चौतर्फी विरोध भइरहेको बेला पत्र सार्वजनिक भएसँगै एमालेमा खैलाबैला मच्चिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal