आज :

अर्थमन्त्रीले पेश गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री प्रभाकरले पेश गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो ।

विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसद बैठकबाट बाहिरिएका थिए । उनीहरुले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति संहभागी भएको भन्दै छानबिन गर्न माग गरेको छ ।

जेठ १७ गतेदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको थियो ।

यसअघि अर्थमन्त्री शर्माले संसदमा जवाफ दिँदै राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति अाफू पूर्ण जिम्मेजार र जवाफदेही रहेकाे बताएका थिए । उनले कतै राष्ट्रघात, गद्दारी भएको भए  त्यसको पूर्ण जिम्मेवारी लिने बताँउँदै कुनै राष्ट्रघात नभएको बताए ।

अर्थमन्त्रीले बजेटको अघिल्लो दिन आफू साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal