आज :

ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको प्रचण्डको दाबी

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् ।

रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न भइरहेको बताए ।

जो आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको हावा दिने गरेको भन्दै उनले भने, ‘हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भनेजस्तो प्रचार गरिएको छ । यो बिल्कुल झुटो हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हातले त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाएको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीसँग र हामो गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । कुनै सैन्य सम्झौता हुने छैन । यो घोषणा गर्न चाहन्छु ।’

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो हामी सबैले बुझ्न जरुरी छ ।’ यो गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने उनले बताए ।

उनले प्रधानमन्त्रीजीले पनि त्यस्तो खालको सम्झौतामा जान्न भनेर ‘कमिटमेन्ट’ गरेकाले भ्रममा पर्न जरुरी नभएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal