आज :

द्वारिकालालको लाइनमा बालेन साहः पत्रकारमाथि दुर्व्यवहारपछि चौतर्फी आलोचना

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यभार समालेको एक महिना बित्न नपाउँदै विवादमा आउन थालेका छन् । चुनाव अघि पत्रकार खोजीखोजी हिड्ने बालेन अहिले भने दुव्र्यवहार गर्न थालेका छन् । कार्यभार समालेकै दिन उनको अभिव्यक्तिले पत्रकार तथा मिडियाप्रतिको उनको बुझाई र व्यवहार देखिएको थियो ।

बन्चरेडाँडा जाँदा हो वा महानगरकै सार्वजनिक कार्यक्रममा सहभागी हुँदा बालेनले पत्रकारलाई गरेको व्यवहारको उच्च रुप बुधबार देखियो । समाचार संकलनका लागि टेकुस्थित फोहोर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई मेयर साहले दुव्र्यवहार गरेपछि विवादित बनेको छन् ।

मेयर साहले वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले धम्की दिएका थिए । उनले फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार संकलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर निकालेका थिए ।
महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आफ्नो टीम दिउँसो १ बजे त्यहाँ पुगेको हिमालय टिभीले बताएको छ ।

उक्त घटनाबारे नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको बताएको छ । महासंघका महासचिव रोशन पुरीले बुधबार नै विज्ञप्ति निकालेर स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको बताएका छन् । संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन समेत महासंघले साहको ध्यानाकर्षण गराएको छ ।

मेयर साहले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीको जस्तै घटनालाई दोहोर्याएका छन् । संचार जगतले चौधरीको घटनालाई सम्झिरहेको छ । मेयर चौधरीले महानगरपालिकाका कर्मचारी मनोज दाहाललाई कुटपिट गरेको विषयमा जानकारी लिन पुगेका पत्रकारमाथि मेयरले लोपारेर दुव्र्यवहार गरेका थिए । पत्रकारहरू कृष्णबहाब भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै चौधरीले हप्काएका थिए भने पत्रकारले प्रश्न सोध्दा उल्टै अभद्र शैलीमा लोपारेका थिए ।

कर्मचारी कुटेको विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले पत्रकार रेग्मीको कठालो समातेका थिए भने भट्टराइलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा दुव्र्यवहार गरेका थिए ।

सो घटनाबारे नेपाल पत्रकार महासंघको मिसन टोली बनाएको थियो । मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेका अनुसार घटनासँग सम्बन्धित ३० जनासँग गरिएको कुराकानी गरेर प्रतिवेदन तयार पारेको थियो ।

त्यसैगरी मेयर चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न १ करोड रुपैयाँ छुट्याएको भनेर दिएको अभिव्यक्ति दिएका थिए । इटहरीका स्थानीय पत्रकार विराट अनुपमलाई मेयर चौधरीले नाकको डाँडी भँच्ने चेतावनी दिएका थिए ।

मेयर चौधरीको व्यवहार र अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो । उनको पार्टी नेकपा एमालेकै नेताहरुले आपत्ति जनाएका थिए । नेताहरुले पार्टीमा चौधरीको आलोचना गरेकाका कारण केही हच्किएका थिए । तर, द्वारिकालालकै लाइन समातेका काठमाडौँका मेयर साह स्वतन्त्र व्यक्ति भएकाले उनको आलोचना गर्ने कमिटी छैन । उनी अझ अराजक हुन सक्ने भन्दै सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal