आज :

स्वतन्त्र उठेको थिए, जनताले चुन्नुभयो उहाँहरुको हितमा अहोरात्र खट्छुः चंखेली गापा अध्यक्ष शाही

  • अनलाइन डबली

काठमाडौं । हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेद्वारकारुपमा उठेका प्यारीलाल शाहीले स्वतन्त्र भएर जित्न कठिन भएपनि जनताले जिताएकोप्रति धन्यबाद दिदै अब जनताको पक्षमा राम्रो कामगर्नका लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार ललितपुरमा चंखेली काठमाडौं युवा सञ्जालद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा शाहीले आग्रह पूर्वाग्रह नराखी जनताको पक्षमा कामगर्न आफूलाई सहयोग गर्न अनुरोधसमेत गरेका थिए ।

अध्यक्ष शाहीले अघिल्लो कार्यकालमा धेरै काम नभएकोले आफूले जनहितमा काम गर्न प्रसाशनिक भवन शिलान्यास गरेर सुरुगरेको बताए ।
ललितपुर स्थित सातदोबाटोमा रहेको हिमालयन कर्नर अर्गानिक जोनमा भएको कार्यक्रममा नवर्निर्वाचित गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षलाई बधाई तथा शुभकामना दिदै केन्द्रीय सांसद रगमति शाहीले जनताले राम्रो व्यक्तिलाई चयन गरेको बताईन ।

नेपाली काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी शाहीले जो जसरी नेतृत्वमा आएपनि उसले जनताको पक्षमा कसरी काम गर्छ र जनताको हतिमा कत्तिको तदारुक्तता देखाउँ छ त्यो विषय माहत्वपूर्ण रहेको बताईन ।

त्यसैगरी संविधान सभा सदस्य रिता शाहीले नवनिर्वाचित गाउँपालिका नेतृत्व सामु जनअपेक्षा अनुसार राम्रो काम गर्ने शुनौलो अवसर आएकोले नयाँ नेतृत्वले कुनै कसर बाँकी राख्न नहुने बताईन् । त्यसका लागि सबैले साथ दिनु पर्ने बताइन ।

सभासद शाहीले हुम्ली जनताको बीचमा जमघट गराउने वातावरण तयार गर्ने आयोजकलाई धन्यबाद पनि दिइन । नेपाली काँग्रेस हुम्ला जिल्ला ‘क’ नम्बर क्षेत्रका सभापति मानदेब शाहीले प्रथम कार्यकालमा जे जस्तो भएपनि अबको स्थानिय तहको दोस्रो कार्यकालमा राम्रो कार्य गरेर देखाउनु पर्ने बताए ।

नेपाल विद्यार्थी संगठनका केन्द्रीय सदस्य लोकेन्द्र भण्डारीले अध्यक्ष उपाध्यक्षलाई बधाई तथा शुभकामना दिदै,पहिले भन्द अहिले जनता निकै नै सचेत भइसकेकोले जनताले राम्रो व्यक्तिलाई चुन्ने प्रचलन स्थापित भएकोमा खुसि ब्यक्त गरे ।

त्यसैगरी नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले आध्यक्ष र आफूले जनता अनि प्रदेश र केन्द्र सरकारसँग राम्रो सहकार्य र समन्वयमा चंखेली गाउँपालिकालाई हुम्लामा नमुना गाउँपालिका बनाउने प्रायास गर्ने बताईन ।

सो कार्यक्रममा अन्तराष्ट्रिय खेलाडी जगत धामी, मध्यपश्चिम विश्वविद्यालयका सह–प्राध्यापक इश्वरी प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो । आयोजकका तर्फबाट नरेन्द्र ऐडीले कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाउने सबैलाई धन्यबाद दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal