आज :

कर्णाली प्रदेशले घटाएर ३२ अर्ब ६१ करोडको बजेट ल्यायो, चालु योजना र कृषि प्राथमिकता

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेश सरकारले आकार घटाएर बजेट ल्याएको छ । आन्तरिक मामिला मन्त्री विन्दमान विष्टले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट सार्वजनिक गरेका छन् । यो बजेट चालु आर्थिक बर्षको भन्दा झण्डै ४ अर्ब कम हो । चालु आर्थिक बर्षमा रु. ३६ अर्ब ७४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट विनियोजन गरिएको थियो ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९।५८ प्रतिशत रहेको छ भने चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८।११ प्रतिशत बजेट रहेको छ । यस्तै स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु ४ अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२।३१ प्रतिशत बजेट विनियोजन छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम रु ९ अर्ब २ करोड २० लाख , वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रकम परिचालन गरिनेछ ।

नेपाल सरकारबाट प्राप्त हुने समपूरक वापत रु १ अर्ब २१ करोड ५० लाख, विशेष अनुदान वापत रु ६६ करोड ८० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि २ करोड ५ लाख ४ हजार स्रोत परिचालन गरिने मन्त्री विष्टले जानकारी दिए ।

चालु आर्थिक बर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको सरकारले अन्तिम बर्षको बजेट भने सडक पुर्वाधार, कृषिलाई मध्यनजर गरेर ल्याएको छ । कर्णाली प्रदेश सरकारले अन्तिम बजेटलाई योजना सम्पन्न गर्ने बर्षका रुपमा लिएको छ । जस अनुसार विगतका आर्थिक बर्षका तर सम्पन्न नभएका योजनालाई मूर्त रुप दिनका लागि बजेट केन्द्रीत गरिएको छ। जस अन्तर्गत प्रदेश भरिका सडक मर्मत लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ।

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ भने सिँचाई कार्यक्रम अन्र्तगत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ । कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिंचाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए ।

यसैगरी, बजेटमा नदी तटबन्धका लागि १३ करोड र बाढी तथा पहिरो तथा प्रकोप रोकथाम न्यूनीकरणका लागि ३२ करोड ६४ लाख रकम विनियोजन गरिएको छ । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ । त्यसका लागि ५२ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ भने ५०० शय्या बनाइने विष्टले बताए ।

प्रदेश गौरवको आयोजना प्रदेश रंगशाला निर्माणका लागि ६० करोड बजेट विनियोजन गरेको छ भने विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेका ठाउँमा वैकल्पिक उर्जा मार्फत विद्युतीकरण गर्न कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत १० करोड बजेटको व्यवस्थापन गरिएको छ।

विष्टका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माण गरिने छ । दैलेखमा धार्मिक पर्यटन विकास गर्न श्रीस्थान, नाविस्थान, कोटिला लगायतका पर्यटकीय स्थलहरूको सडक बिस्तार गर्न कर्णाली प्रदेश सरकारद्वारा २ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal