आज :

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै, कुन प्रदेशको बजेट कति ?

  • अनलाइन डबली

काठमाडौं । आज प्रदेश सरकारले बजेट सार्वजनिक गर्दैछन् । आर्थिक वर्ष २०७९/८० को लागि बजेट सातवटै एकैसाथ सार्वजनिक गर्ने गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ मा व्यवस्था भएअनुसार असर १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने हुन्छ ।

साेही व्यस्थाअनुसार सबै प्रदेशले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेको बताइएको छ । संघीय बजेटअनुसार सबै प्रदेशले कृषिलाई प्राथमिकतामा राखेका छन् । सबै प्रदेशले अघिल्लो सरकारले अगाडि सारेका योजनालाई निरन्तरता दिने र केही वितरणमुखी बनाइएको छ ।

कुनै प्रदेशले बजेट आकार बढाएका छन् भने केही पुरानै आकारलाई केन्द्र मान्दै बजेट तयार गरेका छन् । वाग्मती प्रदेश सरकारले सङ्घीय र प्रादेशिक चुनावलाई लक्षित गरी ठूलो आकारको बजेट ल्याउँदैछ । चालु आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको वाग्मती सरकारले बढाएर बजेट ल्याउँदैछ ।

त्यसैगरी प्रदेश-१ सरकारले झन्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश-१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्र मुख्य प्राथमिकतामा रहेको थियो । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारी झन्डै ३४ अर्बको बजेट ल्याउँदैछ ।

गण्डकी प्रदेश सरकारले पनि चुनाव केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । दिउँसाे ४ बजे बस्ने प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नुहुनेछ । गण्डकी प्रदेश सरकारले जेठ २४ गते नीति तथा कार्यक्रम ल्याएको थियो । चालु आर्थिक वर्षका लागि ३० अर्ब ९० करोडको बजेट ल्याएको गण्डकीले झन्डै ६ अर्ब बढाउने तयारी गरेको छ । अहिलेको भन्दा केही बढी बजेट आउने अर्थमन्त्री बरालले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारले पनि आउँदो वर्षको बजेटको आकार बढाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट ४१ अर्बको रहेको थियो ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याएको थियो । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा जोड दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढाएर ल्याउने तयारी छ । आउँदो आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal