आज :

अर्थमन्त्री प्रभाकरकाे जवाफः बजेट निर्माणमा अनाधिकृत व्यक्तिका संलग्नता भन्ने कुरा झुट र भ्रामक

  • अनलाइन डबली

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बजेट निर्माणमा अनधिकृत व्यक्तिले संलग्न गराएको भन्ने कुरा झुटा र भ्रामक भएको बताएका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै संसदमा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री प्रभाकरले मन्त्रालयका जिम्मेवार पदाधिकारीले बजेट बनाएको जानकारी दिए ।

“‘मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू सचिवहरूको नेतृत्वमा बजेट टुंग्याइएको हो, सबै कामहरू आधिकारिक ढंगले भएका छन्। अर्थ मन्त्रीको हैसियतले जिम्मेवारीप्रति उत्तरदायी भएर बजेट बनाएको कुरा स्पष्ट गर्न चाहन्छु। अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक रहेको स्पष्ट गर्न चाहन्छु” संसद बैठक मन्त्री प्रभाकरले भने ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले बाहिरी मानिसले बजेटमा राजश्वको दर हेरफेर गरेको भन्दै उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री प्रभाकरले भने, “बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको हो ।” उनले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्न अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको बताए ।

सरोकारवालाको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्रीले बताए । “बजेट तुर्जमा सम्बन्धि विषयलाई लिएर केही मिडियामा आएको समाचार बारे माननीयज्यूहरुले उठाउनु भएको प्रश्नको बारेमा म स्पष्ट गर्न उभिएको छु। नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारी भित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट गर्न चाहन्छु, बजेट तथा आर्थिक विधेयक तर्जुका सम्बन्धमा स्पष्ट रुपमा परिभाषित गरिएका प्रक्रियाहरु छन्। ती प्रक्रियाहरु अन्तर्गत रहेर मुख्यतः अर्थसचिव र राजश्व सचिव दुई वटा सचिव रहेको व्यवस्था छ अर्थ मन्त्रालयमा। र उहाँहरुको मातहतमा रहनु भएका अन्य विभागीय प्रमुखहरु र कर्मचारीहरुको तहमा विभिन्न स्तरमा छलफल भएर र विभिन्न सरोकारवालाहरुबाट आएका सुझावहरुलाई समेत ध्यान दिएर प्रस्तावहरु बन्ने गर्दछ” अर्थमन्त्रीले भने ।

आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउने र अर्थमन्त्रीले सरकारको नीति र भिजनलाई नीतिगत रुपमा निर्देशन दिने त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरीनै बजेट तयार भएको अर्थमन्त्रीले जवाफ दिए ।

छलफल हुँदा प्राप्त भएका सुझावहरुलाई बढि भन्दा बढि समेटने कुरामा ध्यान दिने र सम्बन्धित मन्त्रालयहरुले तय गरेर पठाएका कार्यक्रम र योजनाहरु अर्थ मन्त्रालयका बजेटसँग सम्बन्धित पदाधिकारीहरुबीचको दुई पक्षीय छलफलको आधारमा त्यसलाई टुंग्याउने परम्परा रहेको भन्दै उनले सोही अनुसार नै अहिलेको बजेट पनि बनेको दाबी गरे।

राति १२ बजे आएर मन्त्रीले चलखेल गरेको भन्ने प्रचारबाजी भ्रामक र कपोकल्पित र झुट कथा भएको बताउँदै मन्त्री प्रभाकले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धि अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal