आज :

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्न परराष्ट्रमन्त्रीको आग्रह

  • अनलाइन डबली

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।

दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने उनले बताए । थपे, ‘विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ ।’

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको भनी उनको भ्रमण नै रोक्नुपर्ने आवाज उठिरहेका बेला मन्त्री खड्काले त्यसको खण्डन गरेका हुन् ।

उनले भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुन्छन् । सार्वभौमसत्ता, स्वाधीनताप्रति सरकार गम्भीर रहेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal