आज :

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एनआरएनएका अध्यक्ष कुँवरबीच भेटवार्ता, के भयाे कुराकानी ?

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसँग गैर आवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष बिनोद कुँवरले भेटवार्ता गरेका छन् । मंगलबार विहान भएको भेटमा एनआरएनए विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।

भेटको क्रममा अध्यक्ष कुँवरले एनआरएनएको विवाद र समाधानको विषयमा जानकारी गराएका थिए । सरकारले ल्याएको बजेटमा एनआरएनएले उठाउँदै आएका विषयको सम्बोधन गर्न पहल गरेको भन्दै कुँवरले प्रचण्डलाई धन्यवाद दिए ।

त्यसैगरी कुँवरले काठमाडौँ, भरतपुर महानगरलगायतका क्षेत्रकाे फोहोरकाे कोरियन प्रविधिबाट व्यवस्थापन गरेर मोहरमा परिणत गर्न सकिने बताएका थिए । त्यसमा कोरियन प्रविधि भित्र्याएर फोहोरको व्यवस्थापन गर्न आफू तयार रहेको बताउँदै कुँवरले त्यसको लागि सहजीकरण गरिदिन प्रचण्डसँग आग्रह समेत गरेका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले एनआरएनएमा देखिएका समस्याकाे सम्मानजनक अवस्था सिर्जना गरी समाधान गर्नुपर्नेमा आफू र आफ्नो पार्टीको धारणा रहेको जानकारी गराएका थिए । प्रचण्डले विवाद समाधानको लागि आफूले सरकार तथा परराष्ट्र मन्त्रालयसँग पहल गर्ने वचन समेत दिएको भेटपछि कुँवरले जानकारी दिए ।

नीति तथा कार्यक्रम र बजेटले एनआरएनएलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न र काठमाडौँ, भरतपुरलगायतका क्षेत्रको फोहोरले हैरानी भएको भन्दै प्रचण्डले यसमा कोरियन अनुभव र प्रविधि भित्र्याउन प्रचण्डले आग्रह गरेको कुँवरले जानकारी दिए । उनले भरतपुर महानगरसँग कोरियन कम्पनीले यसअघि सम्झौता गरेकाे जानकारी गराउँदै त्यसलाई सहजीकरण गरिदिन समेत प्रचण्डले कुँवरसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal