आज :

सोभियतकालिन भूमि फिर्ता लिएर छोड्ने पुटिनको घोषणा, युरोप र अमेरिकाको निद हराम

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तत्कालिन सोभियत संघको भूमि भएको बताउँदै फिर्ता लिएर छोड्ने बताएका छन् । पीटर द ग्रेटको ३५० औं जन्मदिनको अबसरमा युवा वैज्ञानिक तथा व्यवसायीसँगको छलफलमा बाेल्दै पुटिनले आफ्नो क्षेत्र फिर्ता लिने र रक्षा गर्ने प्रतिवद्धता जनाएका छन् ।

पुटिनले युक्रेन–स्वीडनको नामै लिएर आफ्नो क्षेत्र फिर्ता लिने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमरुले बताएका छन् । पुटिनको नयाँ घोषणाले युरोप र अमेरिकाको निद हराम भएको छ । पुटिनलाई युक्रेनमै गलाउने योजनामा युरोप र अमेरिका छन् । तर, पुटिनले सोभियतकालिन भूमि फिर्ता गर्ने घोषणा गरेसँगै विश्वभर नयाँ हलचल मच्चिएको थियो ।

स्तानबुल शान्तिवार्ता पहिले सोभियतकालिन झण्डा फराउँदै रुसी सेना किभतिर अघि बढेका थिए । सोभियत झण्डासहित लामो ट्यांकको लाइन किभतिर बढिरहेको भिडियो रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतीय सुरक्षा विज्ञ आशिष सिंहले पुटिन योजनावद्ध रुपमा अघि बढेको बताउँदै सोभितकालिन अवस्थालाई फिर्ता गर्न चाहिरहेको बताउँछन् । उनले रुस युक्रेनमा मात्रै सिमित नहुने समेत बताए । पुटिनले पीटर द ग्रेटको प्रसंशा गर्दै यसरी सार्वजनिक रुपमा सोभियतकालिन क्षेत्र फिर्ता गर्ने पहिलो पटक घोषणा गरेका हुन् ।

त्यस्तै पूर्व राजदूत समेत भइसकेको भारतीय विदेश मामिलाका जानकारी दीपक बोहराले रुसको युद्ध युक्रेनसँग मात्रै नभएको बताउँछन् । “अहिलेको अवस्था पुटिन भर्सेस नेटो र पुटिन भर्सेस युरोप हो, यसमा जेलेन्स्की फसेका मात्रै हुन्” बोहराले भने । उनले रुस युक्रेन युद्धका कारण कमजोर नभएको बताए । उनले रुबोल अहिलेसम्मकै महंगो हुनेले यसको पुष्टि गरेको बताए ।

पुटिनको नयाँ घोषणासँगै रुसी सेनाले युक्रेनको राजधानी किभमा हमला बढाएको छ । स्तानबुल शान्तिवार्तापछि रुसी सेना किभबाट पछि हटेको थियो । पूर्वी युक्रेनका अधिकांश भूभागमा नियन्त्रणमा लिएको रुसले फेरि राजधानी किभमा हमलालाई तेज बनाएको हो ।

रुसी सेनाले पछि हटेयताकै सबैभन्दा ठूलो हमला भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । शान्ति भइसकेको किभमा फेरि सुरक्षा साइरन बच्न थालेका छन् । रुसी सेनाले किभ र खार्किभमा सँगै हमला गरेका छन् । रुसी सेना किभको बाहिर क्षेत्रबाट मोर्चा खसे अघि बढिरहेको बताइएको छ ।

भारतीय संचारमाध्यम टिभी १८ का अनुसार अमेरिका र पश्चिमा देशहरुले दिएका लामो तथा छोटो दूरीमा मार हान्न सक्ने अस्त्र रुसी सेनाले ध्वस्त बनाइदिएको छ । युक्रेन पुगेका त्यस्त्रा अस्त्र रकेट लञ्चरदेखि ट्यांक थिए । त्यस्तै अमेरिकाले पछिल्लो खेप दिएका भारी मात्रा एन्टी ट्यांक मिसाइल पनि रुसी सेनाको नियन्त्रणमा पुगेको छ ।

यसअघि युक्रेनका रक्षामन्त्री ओलेक्सीले रुससँग सामथ्र्यमा समान नभएकोले आफूहरुले युद्धमैदानमा सोचेभन्दा ठूलो क्षति ब्यहोरिरहेको बताएका थिए । उनले दैनिक २ सैनिकको ज्यान गइरहेको र ५ सयको संख्या आफ्ना सैनिकहरु घाइते भइरहेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal