आज :

‘उदारो’ सहमति बोकेर शिक्षकहरू घर फर्किए, महासंघसँग असन्तुष्टि

  • अनलाइन डबली

काठमाडौँ । ऐन बोकेर विद्यालय फर्किने बाचासहित सडक आन्दोलनमा उत्रिएका शिक्षकहरु घरघर फर्किएका छन् । बुधबार सरकारसँग भएको ९ बुँदे सहमतिसँगै शिक्षकहरु घरघर फर्किएका हुन् ।

असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सरकारले निर्णय गरेसँगै शिक्षक महासंघले २९ दिनदेखिको आन्दोलन स्थगित गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरेर शिक्षकहरुलाई विद्यालयमा नियमित भर्ना र पठनपाठन गर्न समेत आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधिबीच भएको ९ बुँदे सहमतिलाई लिएर शिक्षकहरु नै सन्तुष्ट छैनन् । ऐन लिएर मात्रै विद्यालय फर्किने भनेर आफूलाई काठमाडौँ बोलाइएको तर अहिले उदारो सहमति बोकेर फर्किनु परेको एक शिक्षकले बताए ।

‘ऐन लिएर मात्रै विद्यालय फर्किने भन्दै काठमाडौँ बोलाइयो तर अहिले पहिलेजस्तै उदारो सहमतिको पोको लिएर हामीलाई फर्किन भनियो । हाम्रो गुनासो सरकारसँग भन्दापनि महासंघसँग हो’ एक शिक्षकले भने ।

यस्तो ९ बुँदे सहमतिः

१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम
व्यवस्था गर्ने ।

४) आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

९ बुँदे सहमतिसँगै सडक आन्दोलन फिर्ता ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal