आज :

उद्योगमन्त्री बडूसँग स्पेन र इन्डोनेसियाका राजदूतको भेट, आर्थिक मुद्धामा सहकार्य गर्न प्रस्ताव

  • अनलाइन डबली

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जोसे मारिया रिडाओ र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हरटान्जो सुबोलोले छुट्टाछुट्टै भेट गरेका छन् ।

छलफलमा नेपालका लागि स्पेनका गैरआवासीय राजदूत रिडाओले विगतदेखि नै नेपाल र स्पेन बीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गरे ।

यस्तै, उनले ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धन लगायत विषयमा दुई देशबीच थप सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने समेत बताए ।

आफ्नो कार्यकालमा नेपाल र स्पेन बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने समेत उनको भनाइ थियो । भेटमा मन्त्री बडूले नेपालका लागि गैरआवासीय राजदूतमा नियुक्त भएकामा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

साथै स्पेनले कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि प्रशंसा गर्दै मन्त्री बडूले यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने बताए ।

नेपाल र स्पेनबीच व्यापार तथा वैदेशिक लगानीका क्षेत्रमा प्रसस्त सम्भावना रहेको उल्लेख गर्दै मन्त्री बडूले महामहिम राजदूतबाट पनि यस क्षेत्रमा नेपाल र स्पेनबीचको सहयोगलाई थप प्रभावकारी बनाउन उल्लेख्य भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी नेपालका लागि इन्डोनेसियाका राजदूतसँगको भेटमा नेपाल र इन्डोनेसिया बीचको सम्बन्धका विविध आयामहरूबारे छलफल भएको मन्त्रालयले बताएको छ । त्यस अवसरमा मन्त्री बडूले नेपाली वस्तु तथा सेवाहरु निर्यात गर्ने देशहरु मध्ये इन्डोनेसिया तेस्रो ठूलो देश भएकाले दुवै देशसँग व्यापार र लगानीको क्षेत्रमा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको बताए ।

संयुक्त राष्ट्रसंघको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ सम्म अल्पविकसित राष्ट्र (एलडीसी) को हैसियतबाट माथि उठ्न सिफारिस गरेको छ । यसका लागि आर्थिक समृद्धिका लागि इन्डोनेसियासँग सम्भावनाका विविध क्षेत्रमा सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

राजदूतले आगामी अक्टोबरमा इन्डोनेसियामा हुन लागेको विश्वस्तरीय ट्रेड एक्स्पो २०२२ मा नेपालका निजी क्षेत्रसहितको नेतृत्व गर्दै माननीय मन्त्रीलाई सहभागिताको अपेक्षा समेत रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal