आज :

राति गएको भूकम्पको केन्दविन्दु भक्तपुर, के छ अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं उपत्यका केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज विहान २ः३४ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार भक्तपुरको चागुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार ४.७ रेक्टर स्केल मापन गरिएको छ । मानिसहरु निन्द्रामै भएकोले धेरैले थाहा नपाएनन् । उपत्यकामै केन्द्रबिन्दु भएको कारण कम्पन ठूलो भएको थियो ।

ब्यू््््झिएकाहरु घर बाहिर निस्किएका थिए । स्थानीयका अनुसार घरबाट निस्किएर भागदौडको क्रममा भक्तपुरमा केही मानिसहरु सामान्य घाइते भएपनि अन्य क्षेतिको विवरण आएको छैन । भूकम्पले काठमाडौं उपत्यकासहित आसपासको जिल्लाहरुमा धक्का पुगेको केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ । बैशाख १२ मा गोरखाको बारपाक र २९ गते दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ठूला भूकम्प गएका थिए । सिंगटीको बारपाको पराकम्पन भएपनि यसले ठूलो क्षति पुर्याएको थियो । त्यसपछि भूकम्पका सयौं पराकम्पन गइसकेका छन् । तर, अलिहेसम्म रोकिएको छैन ।

भूकम्पले प्रभावित क्षेत्रमा अझै भौतिक संरचनाले पूर्णता पाउन सकेका छैनन् । भूकम्पले ढलाएको धरहरा उद्घाटन गरिए पनि निर्माण भइरहेको छ । काठमाडौै, भक्तपुर र ललितपुरका पुरातात्विक क्षेत्रको पुनर्निमाण अझै अधुरो नै छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal