आज :

मध्यराति भूकम्पले काठमाडौँ हल्लायो, मान्छेहरुको भागाभाग

  • अनलाइन डबली

काठमाडौँ । अहिले भर्खरै काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

केही समय शान्त रहेको काठमाडौँमा पुनः भूकम्प गएपछि निन्द्रामा रहेका काठमाडौँवासी उठेर हल्ला खल्ला गर्दै केही बेर बाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइट भने खुलेन, भूकम्पको केन्द्रबिन्दु र रेक्टर स्केलबारे विस्तृत जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का ठूलै भएकाले मध्यरातमा भए पनि मानिसहरु घर बाहिर निस्किनुका साथै हल्लाखल्ला मच्चिएको थियो।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ। घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो।

सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको दिउँसै पहिचान भएको थियो।

अर्का मृतक मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।

सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ। भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ।

ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको निरीक्षक नेपालले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal