आज :

जसपाकाे समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट, चार जना घाइते

  • अनलाइन डबली

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ।

जनकपुरधामस्थि होटल बाबाको ढावामा मंगलबार आयोजित बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तरर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोपमा उत्रिएपछि विवाद हुँदा कुटाकुट भएको हो। समिक्षा बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी थिए।

जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतका समूहले अन्तर्घात गरेको आरोप लगाउँदै सिटमा बसे लगतै यादव समर्थकले उनीमाथि कुटपिट गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए।

‘वैद्यनाथजीले नामै किटेर अन्तर्घात गरेको मञ्चमा बोल्नुभएको थियो। भाषण सकेर कुर्सीमा बसेको दुई तीनमिनेटपछि त्यसै विषयलाई लिएर भनाभन हुँदै विवाद भयो। अनि कुटपिट हुन थाल्यो’, ती नेताले भने।

कुटाकुट गर्ने केही नेतालाई बैठक हलबाट निकालिएको थियो। कुटाकुटको क्रममा नेताहरू सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखियालाई चोट लागेको छ।

‘लाठी, भाटा केही थिएन। हातखुट्टाले कुटाकुट र धकेलाधकेल हुँदा पनि उनीहरुलाई चोट लाग्यो’, बैठकमा सहभागी ती नेताले अगाडि भने।

बैठकमा आरोप प्रत्यारोपको क्रममा विवाद हुँदा हाता हालाहालको स्थिति आएको जसपा नेता शेष नरायण यादवले स्वीकारे। यद्दपि त्यसलाई कुटाकुट भन्न नमिल्ने उनको जिकिर छ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।

विगतमा नेकपा एमाले अध्यक्ष केपी ओलीको भड्काउमा जसपाबाट केही नेता फुटेर जाँदा घाटा भएको बताउँदै उनले अब एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन्।

बुधबार जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले लोसपा नेताहरूलाई पार्टीमा खुला हृदयले स्वागत गर्न तयार रहेको बताए।

‘मधेसको जनमत बाँडिएपछि कसैलाई फाइदा हुन्न, नोक्सान मधेसीलाई नै हुन्छ। त्यसैले एकता गरेर जसपा बन्यो। तर फेरि जसपाका एक समूह निक्लिएर लोसपा बनाए। आज समिक्षा गर्ने बेला भएको छ। किन फुट्यो। पार्टी फोड्नेलाई के फाइदा भयो? उसलाई पनि फाइदा भएको मैले देखिनँ,’ यादवले भने, ‘केपी ओलीका लागि आफ्नो पार्टी फुटाएर न उनीहरुलाई हित गर्‍यो न मधेसी जनतालाई। जब विभाजन कसैको हितमा भएन, कुनै उपलब्धि हासिल भएन। आउनुस् अहिले पनि समय छ फुटेर होइन जुटेर अघि बढौं। यदि लोसपका साथीहरु आउँछन् भने हामी खुला हृदयले एकसाथ भएर अघि बढ्न तयार छौं।’

नेता यादवले खर्चिलो र लामो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए। ’अहिलेको निर्वाचन प्रणाली खिचडी जस्तै छ। गलत निर्वाचन प्रणाली भएकोले अत्यधिक खर्चिलो, अनेक विकृतिमय छ। त्यस कारण यो निर्वाचन प्रणाली परिवर्तन हुनु आवश्यक छ’, उनले थपे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal