आज :

अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेला असार १२ देखि १४ गतेसम्म

  • अनलाइन डबली

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला असारमा हुने भएको छ । नेकपा (बहुमत) निटक अखिल क्रान्तिकारीले संगठनकाे विशेष राष्ट्रिय भेला असार १२ गतेदेखि १४ सम्म मा गर्न लागेको हो ।

चुनावमा सहभागी हुने विषयमा विप्लव नेतृत्वको नेकपा विभाजनसँगै उसको विद्यार्थी संगठन पनि विभाजन भएको थियो । पाँचमध्ये महासचिसहित तीन पदाधिकारीले अखिल क्रान्तिकारीलाई पुनगर्ठन गर्दै अलग संगठन बनाएका थिए ।

अहिले महासचिव मिलन राईलाई भेला आयोजक समितिको संयोजक बनाइएको छ । अब राष्ट्रिय भेलाले पदाधिकारीसहित संगठनलाई पूर्णता दिने तयारी छ ।

अखिल क्रान्तिकारीले भेलाबाट विकृति विसंगतिसँगै शैक्षिक क्षेत्रा माैलाइरहेको दलालीकरण र माफियाकरण विरुद्ध संघर्षका कार्यक्रम ल्याउने आयोजक समिति सदस्य गोविन्द विष्टले जानकारी दिए ।

काठमाडौंमा हुने राष्ट्रिय भेलाको उद्घाटन नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । देशभरबाट प्रतिनिधि सहभागी हुने बताइएको छ ।

सरकारले सामुदायिक शिक्षाको बेवास्ता र निजी क्षेत्रका नाफाखोर प्रवृतिका कारण गुणस्तरिय शिक्षा नागरिकका छाेराछोरीको पहुँचभन्दा टाढा पुगेको भन्दै त्यसविरुद्ध संघर्षका कार्यक्रम ल्याउने विष्टले बताए । उनले पहिला सामुदायिक शिक्षाको गुणस्तर उठाउन सरकार जिम्मेवार हुने पर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal