आज :

अन्तिम समयमा यसरी रोकियो मन्त्रिपरिषद् हेरफेर गर्ने योजना, माधव नेपाल हैरान

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो ।

सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।

सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिएका थिए । लगत्तै मन्त्रिपरिषद् हेरफेरको चर्चा आइतबार दिनभर चुलियो ।

सरकारबाट पार्टीले फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले तत्कालै प्रधानमन्त्री देउवासँग भेट गर्न चाहेका थिए तर त्यो सम्भव भएन ।

नेकपा एकीकृत समाजवादीको यो निर्णयले गठबन्धन र सरकार दुवैमा असर पर्ने भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद्मा हेरफेर नगर्न सुझाव दिएको स्रोत बताउँछ ।

सोमबार बिहानै नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए ।

प्रधानमन्त्री देउवाका नीजि सचिवालयका एक सदस्यले भने, ‘बजेट पारित हुन बाँकी छ, चुनाव नजिक आइसक्यो, नयाँ आर्थिक वर्ष आउन लागेको छ, यस्तो अवस्थामा मन्त्री हेरफेर गरियो भने सबैतिर असर पर्न सक्छ, त्यसैले यसलाई रोक्नुपर्छ भनेर उहाँहरुले प्रधानमन्त्री देउवालाई भन्नुभयो ।’

स्रोतका अनुसार उनीहरुले बजेटको बारेमा संसदमा छलफल भइरहेको छ, त्यसको जवाफ दिन बाँकी नै रहेको भन्दै नयाँ मन्त्रीलाई मन्त्रालयगत बजेटको बारेमा केही थाहा नहुने भएकाले संसदमा जवाफ दिनसमेत कठिन हुने तर्क गरेका थिए ।

मन्त्रीहरुले आआफ्नो गुनासो राखिसकेपछि प्रधानमन्त्री देउवाले अहिले मन्त्री हेरफेर हुँदैन, तपाईहरु आआफ्नो काममा लाग्नुस् भनेर बालुवाटारबाट फर्काएका थिए । उनीहरु फर्केर आआफ्नो मन्त्रालय गएर काम गर्न थालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal