आज :

काँग्रेस इमान्दार नबनेको भन्दै एकीकृत समाजवादीले थाल्यो वाम गठबन्धनको छलफल

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संघ र प्रदेशको चुनावमा वाम तालमेलको छलफल सुरु गरेको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँँग्रेस इमानदार नभएको भन्दै एकीकृत समाजवादीले अब उसँग सहकार्य नगर्ने भन्दै नेताहरुले नयाँ तालमेलबारे छलफल थालेका हुन् ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले नेताहरुले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको निष्कर्ष निकालेको छ । एक नेताका अनुसार चुनावी सहकार्य नेपाली काँग्रेसभन्दा वाम दलहरुसँग सहज हुने र त्यसको सम्भावनाबारे छलफल गर्नेमा नेताहरु एकमत भएका छन् ।

यसको पुष्टी सम्मानित नेताले बैठकपछि संचारकर्मीसँग दिएको प्रतिक्रियाबाट पनि थाहा हुन्छ । खनालले बैठकपछि स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको बताए । काँग्रेस इमान्दार नबने संघ र प्रदेशमा गठबन्धन गर्न नसकिने एसका नेताहरु निष्कर्षमा पुगेका छन् ।

नेताहरुका अनुसार संघ र प्रदेशमा पनि काँग्रेस इमान्दार नबन्ने देखिएको भन्दै नेकपा एमाले र माओवादी र अन्य साना वाम घटकसँग छलफल थाल्ने पनि बैठकमा नेताहरु एक मत भएका छन् । खनालले निर्मम समिक्षा गरेर मात्रै यही पाँच दलीय गठबन्धन निरन्तरता दिन सकिने बताए । नेपाली काँग्रेसका नेताहरुले अबको चुनावमा अहिलेजस्तो नहुने र गठबन्धनका उम्मेदवारप्रति इमान्दार बन्ने विश्वास नदिलाएसम्म पाँच दलीय गठबन्धनले निरन्तरता नपाउने नेताहरुको भनाई छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नेपाली काँग्रेसले दम्भ देखाएको बताएका थिए । प्रचण्डले काँग्रेसको दम्भ ठिक पार्न सकिने समेत चेतावनी दिएका थिए । माओवादी नेताहरुले पनि काँग्रेसले धेरै पालिकामा गठबन्धनको निर्णय नमानेको र बागी उठाएको,  गठबन्‍धनका उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको बताउँदै आएका छन् ।

सत्ता गठबन्धनभित्र संघ र प्रदेशको चुनाव कहिले गर्ने भन्नेमा छलफल सुरु भएको छ । शिर्ष नेताहरुले मंसिरसम्म चुनाव गर्नेबारे छलफलमा जुटेका बेला एकीकृत समाजवादी र माओवादी नेताहरुले काँग्रेस इमान्दार नभएको बताउनुलाई गम्भीररुपमा लिइएको छ ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री पहिले चुनावको मिति तय भएपछि मात्रै गठबन्धनबारे छलफल गर्ने बताउँदै आएका छन् । तर, माओवादी र एकीकृत समाजवादीका नेताहरुले गठबन्धनको टुंगो लगाउन चाहेको देखिन्छ ।

उता नेकपा एमालेका नेताहरु स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम नआउँदै वाम गठबन्धनबारे छलफल सुरु गरेका थिए । एमाले नेताहरु प्रचण्ड निवासमै पुगेर संघ र प्रदेशको चुनावमा वाम गठबन्धन गराैं भन्दै पुगेका थिए । उनीहरुले प्रचण्डलाई प्रधानमन्त्रीको अफर समेत गरेका थिए । उक्त कुरा प्रचण्डले सार्वजनिक रुपमै बताइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal