आज :

प्रचण्डलाई भेट्न बालेन खुमलटार पुगे, के भने प्रचण्डले ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार विहान प्रचण्ड निवास खुमलटार पुगेका बालेनले जीतपछि शिर्ष नेताहरुलाई भेट्दै हिडेका छन् ।

अध्यक्ष प्रचण्डले बालेनलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा बालेनले आफूले काठमाडौंमा कसरी काम गर्न चाहेको भन्ने कुरा प्रचण्डलाई सुनिएका थिए ।

प्रचण्डले काठमाडौंमा फोहोरलगायतका समस्या बढ्दै गएको बताउँदै जनतासँग गरेका बचन पूरा गर्न भनेका थिए ।काठमाडौंबासीलाई तत्काल राहतको महशुस हुने गरी काम सुरु गर्न प्रचण्डले बालेनलाई सुझाव दिएका थिए ।

मेयर बालेनले आफूलाई सहयोग गर्न समेत आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । जनताको पक्षमा काम गरे आफ्नो पार्टीले सहयोग गर्ने बचन प्रचण्डले दिएका छन् । मेयर बालेनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए ।

काठमाडौंको फोहोर व्यवस्थापनको मुख्य चुनावी नारा बोकेर मैदानमा उत्रेका बालेन पदभार गरेपछि डम्पिङसाइडमा पुगेर स्थानीयका कुरा पनि सुनेका छन् ।

कार्यापालिकाको पहिलो बैठकको लाइभ गरेका बालेनले परिपक्कता भने देखाउन सकेनन् । वडाअध्यक्षहरुले बालेनलाई बैठक बसाल्न सिकेर आउन भनेका थिए । बालेनले कार्मचारीलाई अगाडि सारेको भन्दै वडाअध्यक्षहरुले विरोध जनाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal