आज :

भ्यासेक्टोमी गरेको पुरुषले बच्चा जन्माउने र विप्लवले क्रान्ति गर्छु भन्नु एउटैः बास्तोला

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नभएको बताएका छन् । बास्तोलाले भ्यासेक्टोमी गरेको पुरुष वा ल्याप्रोस्कोपी गरेकी महिलाले बच्चा जन्माउन नसकेजस्तै विप्लवले क्रान्ति गर्न नसक्ने बताए ।

पार्टीका प्रशिक्षण कार्यक्रममा बोल्दै बास्तोलाले भने “‘भ्यासेक्टोमी गरेको पुरुष वा ल्याप्रोस्कोपी गरेकी महिलाले बच्चा जन्माउन सक्दैन भनेजस्तै विप्लवबाट क्रान्ति सम्भव छैन । विप्लव निम्नपुँजीवादी रोमाञ्चवादी बने । विप्लवको सङ्घर्ष पैसा उठाउनका लागि भएकाले उनमा जुझारु अर्थवाद देखापर्यो । विप्लवको एकीकृत जनक्रान्तिको कार्यदिशा वर्षामा कुहिरो लागेको डाँडोजस्तो भएपछि नेकपा (बहुमत) ले राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रम पारित गरेको हो ।”

बास्तोलाले जुझारु युवा भनेर जनता र आफूहरुले नेता मानेको तर अहिले बीचमै आएर संसदीय चुनावमा गएको बताए । “विप्लव जुझारु र जनताले पत्याएको भन्ने लागेर हामीले उनलाई नेता स्वीकारेका थियौँ । उनीसँग वैचारिक हिसाबले चुनावमा जाने कुरा भयो । विप्लवले पहिलोपटक २०७८ साल वैशाखको १० औँ बैठकमा एउटा प्रसङ्गमा चुनावमा भाग लिनुपर्ने हुनसक्छ भन्दा मलाई अचम्म लाग्यो । विप्लवले चुनावमा जानुपर्छ भन्ने कुरा प्रमाणित गर्ने प्रयासस्वरुप सङ्गठन राम्रो छैन तर जनमत राम्रो छ भन्ने कुरालाई अघि सारेका थिए । संयुक्त मोर्चा अझै फराकिलो बनाउनुपर्छ । हामी चुनावमा गयौँ भने हामी कोही बिग्रँदैनौँ भनेका थिए । विप्लवले चुनावमा ३ लाख भोट आउँछ भने, प्रकाण्डले ५ लाख भोट आउँछ भने । उनीहरूले किरणको जस्तो हुँदैन, १२० ठाउँमा जितिन्छ भन्ने दाबी गरेका थिए । यसको कारण उनीहरूले चुनावलाई संसदीय व्यवस्थामा प्रवेश गर्ने तुरुपका रूपमा प्रयोग गरेका रहेछन् ।”

संयोजक कञ्चनले भने, ‘हामीले चुनावमा जाने कुरा सैद्धान्तिक रूपले गलत हुन्छ भन्यौँ । अहिलेको सन्दर्भमा चुनावमा जानु भनेको यो संविधान मान्नु हो । वैज्ञानिक समाजवादको एजेन्डा छोड्नु हो । केपी ओलीले चितवनमा जम्मा गरेको ५ लाख जनताले क्रान्ति गर्दैन । क्रान्ति जनताले गर्दछ । संसदीय भासमा डुबेर विप्लवको टुप्पी मात्र बाँकी रहेको छ भनेका थियौँ । बहिष्कार गर्दा ५–७ जनालाई उडाइदिनु पर्दछ भनेर प्रकाण्डले नै भनेका थिए ।’

बास्तोलाले विप्लवले गल्ती नगर्ने कुरा गरेको तर गल्ती गर्दै भने, “विप्लवले पार्टीले लामो समयसम्म गरेको मेहनत पानीमा फ्याँके । प्रकाण्डले केपीले आफूलाई नटेरेको कुरा गरे । केपीले तपाईंहरू कसरी कम्युनिस्ट पार्टीको नेता हुनुभयो केन्द्रीय समितिले चुनावमा नजाने निर्णय गर्ने, तिमीहरू चुनाव सार भन्न आउने रु भनेर थर्काएछन् । अमर झाँक्रीले एमालेको सूर्य चिह्नमा चुनाव लड्न भनेछन् । विप्लवले तपाईंहरू बाहिर जानुस् भनेर वैशाख १३ गते फोन गरेका थिए । गल्ती गर्ने विप्लव—प्रकाण्ड, कारबाही हामीलाई भयो । अनि हामीले राष्ट्रिय भेला बोलायौँ । दस्ताबेज लेख्यौँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal