आज :

विप्लवले भने- कञ्चन-सुदर्शनको दस्तावेज हावादारी, आत्मालोचना गरेर फर्किनुस्

  • अनलाइन डबली

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हालैमात्रै अलग भएर नेकपा (बहुमत) गठन गरेका नेताहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को दस्तावेज हावादारी भएको बताएका छन् । उनले त्यसमा कुनै नयाँपन नभएको र आफूले अघि सारेको एकीकृत जनक्रान्तिकै व्याख्या गरेर कञ्चन र सुदर्शनले दस्तावेज ल्याएको दाबी गरे ।

“मैले राम्रोसँग पढेँ, केही पनि छैन । कार्यक्रम समाजवाद हामीले पास गरेकै छौं, रणनीति समाजवाद प्राप्त गर्ने, हामीले महाधिवेशनबाट पारित गरेरै आएका छौं । एकीकृत जनयुद्ध रे, एकीकृत जनक्रान्तिकै व्याख्या छ, यो पनि, त्यो पनि । जस्तो मानिस, उस्तै थुपारेका छन् । त्यसरी हुँदैन । कार्यक्रम हेर्यौ स्वाधिन संयुक्त सरकार, हामीले भनेकै छौं नी, प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवाद । खै कहाँ जाने हो उहाँहरु ?” शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले भने ।

विप्लवले बस्तोला र सुदर्शनलाई आत्मालोचना गरेर आए माफी दिने समेत बताउँदै पार्टीमा फर्किन अपील समेत गरे । उनले बास्तोला र सुदर्शन नफर्किए अन्त्य हुने समेत चेतावी दिए । “सच्चिएर फर्किनुस् त्यो सम्भव छैन । कञ्चन र सुदर्शन सुध्रिनुभएन भने उहाँहरुको अन्त्य भगवानले पनि रोक्न सक्ने छैन भनेजस्तै हो” विप्लवले भने । उनले प्रचण्ड र महोन वैद्यलाई पनि पुरानै ठाउँबाट फर्किन आग्रह गरे ।

विप्लवले बास्तोला र सुदर्शनले कमजोरी गरेको बताउँदै उनीहरु निकास नभएको यात्रामा हिडेको भन्दै इमान्दार कार्यकर्ताहरुलाई फर्किन भने । उनले आफूहरुले विश्वभरका र नेपालका ६५ प्रतिशत कम्युनिस्टहरुलाई एकताको कसरी गर्ने भन्ने विषयमा छलफलमा रहेको बताए ।
त्यसैगरी बास्तोला र सुदर्शनले विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडेको र आफूले रोक्न खोज्दा पनि नसकेको बताए । विप्लवले बास्तोला र सुदर्शनले खरानी उडाउँदै हिडेको बताउँदै भने, “पार्टीमा छलफल र बहस हुन्छ त्यत्तिकैमा आत्तिनु हुँदैन । विवाद भएको हप्तादिन भएको भएको छैन । अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने यो कस्तो खालको लिडरसिपको चरित्र हो ? एकछिन कुरा हुन पाएको छैन पुरा खरानी उडाउँदै हिंड्ने यो कस्तो खालको संस्कार दृष्टिकोण हो ?”

पार्टी विभाजन आफूले नसोचेको र नचाहेको बताउँदै त्यसबाट नेता कार्यकर्ता र शुभेच्छुक चिन्तित भएको विप्लवले बताए । उनले पार्टी विभजान गरेर बस्तोला र सुदर्शनले बबण्डर मच्चाउने काम गरेको बताए ।

नेकपाले १३ औं केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । बैठकले पार्टीको महाधिवेशन असोज १ गते गर्ने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal