आज :

श्रीमतीलाई औषधी लिन निस्किएका बिष्णुदेवको शव इनारमा भेटिएपछि

  • अनलाइन डबली

सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्किया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ ।

श्रीमतीको औषधी लिन मंगलबार अपरान्ह घरबाट निस्केका ४८ वर्षीय साहको शव आज बिहान गाउँकै इनारभित्र फेला परेको हो ।

औषधी लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

यता मृतकका श्रीमती शिवोदेवी साहले रिसिबीका कारण उनको हत्या भएको आरोप लगाएकी छन् । गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा विष्णुदेवलाई मारिदिने धम्की दिँदै आएको बताइन् ।

साह एक महिना अघिमात्र वैदेशिक रोजगारीबाट घर आएका थिए । गाउँका स्थानीयवासीसँग आरसीसी ढलान गर्ने विषयमा उनको विवाद हुँदै आएको बताइएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal