आज :

नेकपा (बहुमत)द्वारा वार्ता टोली पुनर्गठन, सरकारलाई गरायो जानकारी

  • अनलाइन डबली

काठमाडौँ । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली पनि पुनर्गठन गरेको छ । बहुमतले पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रबक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’को नेतृत्वमा ४ सदस्सीय वार्ता टोली पुनर्गठन गरेको हो ।

वार्ता टोली पुनर्गठन गरिएकोबारे बहुमतले सरकारलाई जानकारी समेत गराएको छ । जेठ १८ गते पत्र लेखेर औपचारिक रुपमा वार्ता टोली पुनर्गठन गरिएकोबारे सरकारलाई जानकारी दिइएको वार्ता टोलीका सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले बताए।

तत्कालिन नेकपामाथि सरकारले प्रतिबन्ध लगाएका बेला देशका विभिन्न जिल्लामा नेकपाका नेता-कार्यकर्तामाथि प्रहरीले धरपकड गरेर ३ हजार भन्दा बढीलाई गिरफ्तार गरि झुट्टा मुद्दामा जेल हिरासतमा राखेको थियो । उनीहरुमध्ये अझै पनि ३४ जना नेता-कार्यकर्ता जेलमै छन् ।

हालसम्म छुटेका नेता-कार्यकर्ता पनि सरकारसँग भएको सहमति अनुसार झुट्टा मुद्दा खारेजी भएर रिहा भएका भने होइनन् । उनीहरु आफै कानुनी लडाई लडेर अदालतले मुद्धा फैसला गरेपछि रिहा भएका हुन् ।

बाँकी जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, झुट्टा मुद्दाको खारेजी र आफ्नो पार्टीले अगाडी सारेका राजनीतिक मागका बारेमा सरकारसँग बार्ता गर्नबार्ता टोली पनि पुनर्गठन गरिएको चलाउनेले बताए ।

तत्कालिन अवस्थामा  नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal