आज :

बालेन र हर्कलाई जिताएर जनताले हामीलाई सबक सिकाए- प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पाङलाई जिताएर मतदाताले आफूहरूलाई सबक सिकाएको बताएका छन्।

काठमाडौं महानगरपालिकाको मेयरमा शाह र धरान उपमहानगरपालिकाको मेयरमा साम्पाङ निर्वाचित भएका थिए। बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारीहलमा माओवादीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्।

आफूहरूले उठाउँदै आएका विषयलाई बालेन र हर्कले अघि सारेर चुनाव जितेको पनि प्रचण्डको भनाइ थियो। माओवादीले राम्रो काम गर्न नसकेपछि जनताले सबकको रूपमा स्वतन्त्र उम्मेदवारलाई जिताएको उनले बताए।

‘माओवादीले जनताको सेवा गर्ने, धारा, पानी फोहोर मैला व्यवस्थापन, शोषण, विभेद अन्याय अत्याचार सिध्याउँछौं भनेर हामी भनेको होइन?,’ उनले भने।

खानेपानी, फोहोरमैलाका मुद्धाहरू पनि आफूहरूले नै उठाएको भन्दै जनताले आफूहरूलाई सबक सिकाएको बताए। उनले बालेन शाह र हर्क साम्पाङ बाहेक अरूलाई स्वतन्त्र उम्मेदवार नमान्ने समेत बताए।

‘अहिले उनीहरूले पनि त्यसरी नै पानी भनेर पानीको मुहान खोज्दै हिँड्छन्। खानेपानीको समस्या हल गर्ने कुरा धेरै महत्वपूर्ण छ, अरू फोहोरमैला व्यवस्थापनको कुरा या भौतिक पूर्वाधार रूपान्तरणका कुरा। यी सबै त हाम्रा कुरा हुन्,’ उनले भने, ‘हामीले राम्रोसँग गरेको नदेखेपछि ल हेर त तिमीले गर्दैनौं भने हामी यसो गर्दिन्छौं भनेर जनताले नै हामीलाई सबक सिकाएको जस्तो लाग्छ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal