आज :

पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

  • अनलाइन डबली

काठमाडौं । पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध छ।

प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा असोज १० गते बिहान ५:५० बजेदेखि अवरोध भएको हो।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आसपासको क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिमा रहेको फलामे पुलमा समस्या आएपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त सडकखण्डमा असोज २५ गते बिहान ५:३० बजेदेखि आवागमन ठप्प छ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा कात्तिक १ गते बिहान ५:४५ बजेदेखि अवरोध भएको विवरणमा उल्लेख छ।

नेपाल प्रहरीले विपद्का कारण सडक आवागमन प्रभावित भएकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal