आज :

कन्सर्टमा गीत गाउँदागाउँदै ढले गायक कृष्ण कुमार, अस्पताल पुर्याउदा मृत घोषणा

  • अनलाइन डबली

एजेन्सी । भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै उनको स्वास्थ्य बिग्रिएको थियो। नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उनले प्रस्तुति दिइरहेका थिए।

होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो। तर, अस्पाताल पुर्‍याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

भारतीय मिडियाहरुमा आएको रिपोर्टअनुसार उनलाई हृदयघात भएको हो । तर, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी अस्पतालले दिएको छैन ।

५३ वर्षिय गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको केही झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए। उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए।

केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । केकेको पूरा नाम कृष्ण कुमार कुन्नथ हो । उनले हिन्दीमा २ सयभन्दा धेरै गीत गाएका थिए।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal