काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी असोजमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ । उदयपुरमा सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो । यसअघि फागुन १ गते गर्ने भनिएको थियो ।
चुनावमा सहभागी र पार्टी विभाजनपछि पहिलो पटक उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठकले एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहको निर्वाचनको परिणामबारे नेताहरुले रिर्पोटिङ गरेका थिए । उनीहरुले आफ्ना उम्मेदवारको लज्जाजनक हारमा आन्तरिक मात्रै नभएर बाह्य कारण पनि भएको बताएको एक केन्द्रीय सदस्यले बताए ।
“हाम्रो पार्टीलाई चुनावमा यस्तो परिणाम ल्याउन देशी विदेशी शक्ति केन्द्रको योजना मुख्य रहेका छ । अर्को कुरा जनताको हाम्रो पक्षमा हुँदाहुँदै अर्को पार्टीको उम्मेदवारलाई भोट हाले, यसबारे पनि कहिरो समिक्षा भएको छ” ती नेताले भने । उनले केही स्थानमा जनमतको निकै कमजोर रहेका कारण पनि नराम्रो हार खानु परेको बताउँदै पार्टीभित्रैबाट अन्तरघात समेत भएको दाबी गरे ।
बैठकले नेत्रविक्रम चन्दले पेश गरेको राजनीतिक प्रस्ताव पास गर्नुको साथै सांगठानिक जिम्मेवारीको हेरफेर समेत गरेको बताइएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर बैठकका निर्णय सार्वजनिक गर्ने नेपकाले जनाएको छ । जेठ १२ गतेदेखि सुरु भएको बैठक १७ गतेसम्म चलेको थियो ।


अनलाइन डबली


