आज :

मेलम्चीको ढोका बन्द गरेपछि काठमाडौंमा पानी वितरणको नयाँ तालिका यस्तो छ 

  • अनलाइन डबली

काठमाडौं । मनसुन सुरु भएसँगै मेलम्चीको खानेपानीको ढोका बन्द गरिएसँगै काठमाडौंमा पानीको हाहाकार हुन सक्ने चिन्ता बढेको छ । मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

वर्षासँगै मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानीजान लागेको भन्दै केयूकेएलले मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको थियो । योसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न शाखाहरुले खानेपानी विरतणको नयाँ तालिका बनाउन जुटेका छन् । केयूकेएलले आफ्ना ९ वटै शाखामा नयाँ तालिका बनाउन भनेको छ ।

यसैभन्दै धेरै पानी वितरण गर्ने केयूकेएलको महाँकालचौर शाखाले नयाँ तालिका सार्वजनिक गरेको छ । महाँकालचौर शाखाले सुन्दरिजल मुहानबाट संकलन हुने खानेपानी र गोकर्णबाट डिप बोरिङबाट संकलन हुने खानेपानी वितरण गर्न लागेको हो ।

महाँकालचौर शाखाले केसर महल, ईन बहाल, ठमेल, ज्याठा, माली गाउँ, हाडी गाउँ, नक्साल, बागबजार, माइतीघर गौरीघात, मैजुबहल, क्षेत्रपाटी, अनामनगर, मैतीदेवी घट्टेकुलो, डिल्ली बजार पिपलबोट, बौद्ध, जोरपार्टी, त्रिपुरेश्व, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका क्षेत्रमा नयाँ तलिका बनाएर पानी वितरण गर्न लागेको छ ।

नयाँ तालिकामा ठाउँ हेरेर एक दिनदेखि ८ दिनको फरकमा पानी वितरणको तालिका बनाइएको छ । यस्तै, अन्य शाखाहरूले पनि एक दुई दिनमै पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्ने तयारी थालेका छन् ।

गत असार १ गते आएको बाढीसँगै मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यहि बेलादेखि बन्द रहेको मेलम्चीको मुहान १२ वैशाखमा खोलिएको थियो । अस्थायी रूपमा मर्मत सम्भार गरेर मेलम्चीको पानी सुरूङमार्ग हुँदै काठमाडौं उठाइएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएपछि टनेलको मुख्य ढोका बन्द गरिएको थियो । ढोका बन्द गरिएसँगै मेलम्ची खानेपानी काठमाडौं आउन बन्द भएको छ । अब वर्षापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal