आज :

एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिलाई कालोमोसो र जुत्ताका माला, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाठडौं । नेकपा (एमाले)बाट नवनिर्वाचित जनप्रतिनिधिलाई कालोमोसो र जुत्ताको माला लगाइएको छ । त्यो पनि आफ्नै पार्टीका कार्यकर्ताबाट । चुनवामा अन्तरघात गरेको भन्दै कार्यकर्ताहरुले दुई जना वडासदस्यलाई कालोमोसो र जुत्ताका माला लगाएका हुन ।

सोलुखुम्बु जिल्लाको सोताङ गाउँ कमिटीले सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङलाई कालोमोसो र जुत्ताका माला लगाएको हो । उनीहरुले नेपाली काँग्रेससँग मिलेमत्तो गरेर गाउँकार्यपालिका गठनमा पार्टी निर्णय विरुद्ध कार्य गरेको आरोप लागेको छ । काँग्रेससँग मिलेको भन्दै उनीहरुलाई आफ्नै पार्टीबाट कालोमोसो र जुत्ताका माला लगाएको एमाले नेता वीरबहादुर राईले बताएका छन् ।

गाउँ पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति जारी गरेर २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका थिए ।

पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई नेपाली कांग्रेसका सोताङ गाउँपालिका वडा नम्बर २ का पराजित अध्यक्षका उम्मेदवार उत्तमप्रसाद नाछिरीङले पच्चीस हजार दिने र गरी ५ हजार अग्रीम दिएको दावीसमेत गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका नेता कृष्ण तामाङले नेपाली कांग्रेसलाई भोट नदिए ज्यान मार्ने धम्की दिएको र निर्वाचनपछि लाखौं रकम दिने प्रलोभनमा पारेको सदस्यद्वयले बताइसकेको उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal