आज :

निजी क्षेत्रले भन्यो-अहिलेसम्मकै राम्रो बजेट आयो

  • अनलाइन डबली

काठमाडौं । नीजि क्षेत्रले सरकारले ल्याएको बजेट अहिलेसम्मकै राम्रो भएको प्रतिक्रिया दिएको छ । अर्थमन्त्री प्रभाकरले आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गरेको बजेटबाट नीजि क्षेत्र उत्साहित बनेको छ । उसले सरकारले आफ्ना मागहरु यसअघिका बजेट भन्दा यसपटक बढी सम्बोधन भएको बताएको छ ।

बजेटबारे संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नयाँ बजेट समग्रमा राम्रो भएको बताएका छन् । बजेट पछि सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले बजेटले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहात दिने बताए ।  ढकालले कृषि उत्पादन वृद्धि, स्वदेशी उत्पादन संरक्षण र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा बजेट राम्रो आएको प्रतिक्रिया दिए । उनले निजी क्षेत्रको माग धेरै हदसम्म सम्बोधन भएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकुचित आर्थिक स्थितिमा सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले बजेट निजी क्षेत्रको अधिकांश माग सम्बोधन गर्न खोजेको बताए । अध‍यक्ष गोल्छाले साना ठूला उद्योगलाई बजेटले राम्रोसँग सम्बोधन गरेको बताउँदै उद्योगलाई सहुलियत कर्जाको विषय राम्रो भएको बताए । उनले विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट किन्न पाउने व्यवस्था पनि राम्रो भएको बताए ।

त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेटका विषय स्वागतयोग्य रहेको बताउँदै उद्योगको जग्गा हदबन्दी पुनरावलोकन, ५० वर्षका लागि जग्गा लिज, उद्योग क्षेत्रलाई पीपीपी मोडलमा प्रवर्द्धन, जस्ता निजी क्षेत्रको माग बजेटले सम्बोधन गरेको बताए । रुग्ण उद्योगको जग्गा बेच्ने सुविधा, कपडा, सिमेन्ट उद्योगलाई निर्यातमा प्राथमिकता जस्ता विषय राम्रो भएको अग्रवालले बताए । मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई छुट दिने घोषणा पनि धेरै राम्रो भएको अग्रवालले बताए । उनले एक परिवार, एक विद्युतीय चुल्होको व्यवस्था जस्ता विषय राम्रो भएको प्रतिक्रिया दिए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले समग्रमा बजेट सकारात्मक भएको र यसको कार्यन्वयन चुनौतीपूर्ण रहेको बताए । करको दायरा बढाएर लैजाने, नागरिकतासँगै प्यान कार्डको व्यवस्था जस्ता बजेटको व्यवस्था राम्रो भएको मल्लले बताए । आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमा समग्रमा बजेट राम्रै आएको बताउँदै आयात नियन्त्रणमा ध्यान दिनु राम्रो भएको र बजेट कार्यान्वयन गर्न नसकेर आकार घटाउने काम गर्न नहुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal