आज :

जनयुद्धमा योगदान गर्नेलाई ‘लोकतान्त्रिक सेनानी’ को सम्मान गर्ने अर्थमन्त्रीको घोषणा

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री प्रभाकरले जनयुद्ध र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका योद्धालाई सरकारले सम्मान गर्ने घोषणा गरेका छन् । आइतबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै मन्त्री प्रभाकरले त्यस्ता योद्धालाई ‘लोकतान्त्रिक योद्धा’ को सम्मान गरिने घोषणा गरेका हुन् ।

यसैगरी अर्थमन्त्री प्रभाकरले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेका छन् । अर्थमन्त्रीले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरेका छन् ।

यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।

सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरे ।

यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ । आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal