आज :

नयाँ बजेटः अब ६८ बर्षमै वृद्धभत्ता उपलब्ध गराउने अर्थमन्त्रीको घोषणा, नलिनेलाई सम्मान गरिने  

  • अनलाइन डबली

काठमाडौं । सरकारले जेष्ठ नागरिकले पाउँदै आएको वृद्ध भत्ता पाउन उमेर घटाएको छ । अर्थमन्त्री प्रभाकरले आगामी आर्थिक बर्षको लागि आइतबार सोमाबार बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् ।

​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षदेखि ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन‍् । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि पनि मन्त्री प्रभाकरले जानकारी गराए ।

त्यसैगरी अर्थमन्त्री प्रभाकरले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको जानकारी दिएका छन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने भएको छ ।

मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थी आकर्षण बढाउन मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने सरकारले जनाएको छ । त्यसैगरी अर्थमन्त्रीले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal