आज :

ओली माओवादीकाे बैशाखी टेकेर दुई पटक प्रधानमन्त्री भएका हुन्ः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकाप माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीको बैशाखी टेकेर दुईपटक प्रधानमन्त्री भएको बताउँदै फेरि भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा शनिबार बोल्दै प्रचण्डले ओलीलाई अब चुनावपछि प्रधानमन्त्री भएर देखाउन चुनौती दिँदै भने भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि, अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

प्रचण्डले राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताउँदै भने, ‘पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने, मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’

अर्को प्रसंगमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर ह’त्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् । ओलीले जनयुद्धका बारेमा भनेका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’

ओलीले जनयुद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डले बताए । उनले जनयुद्धप्रतिको ओलीको टिप्पणीलाई आफूले गम्भीरतापूर्वक लिएको समेत बताए । प्रचण्डले आफूहरु शान्ति सम्झौतामार्फत अहिलेको अवस्थामा आएको  छौं । १२ बुँदे समझादारी हुँदै ऐतिहासिक सहमति भएको बताउँदै प्रचण्डले एउटा प्रक्रियामा हामी जान खोजेकोले फेरि पुराना कुरा गर्न नहुने बताए ।

प्रचण्डले राजनीतिक दलहरूबीच फेरि राष्ट्रिय सहमति र समझदारीको आवश्यक्ता देखिएको बताएका छन् । उनले देशको आर्थिक समस्या समाधान गर्न पुनः राजनीतिक एकता र समझदारी आवश्यक परेको बताए । शान्ति प्रक्रियालाई टुङ्ग्याउँदै गर्दा र देशलाई नयाँ राजनीतिक प्रणालीमार्फत देशलाई नयाँ युगमा लग्ने सपना देख्दा राजनीतिक दलहरूबीच उत्कृष्ट सहमति देखाएको स्मरण गर्दै प्रचण्डले राजनीतिक तहमा जुन एकता र राजनीतिक सहमतिको प्रकृति जस्तै एकता, सहमति र समझदारी बनाउनु आवश्यक रहेको बताए ।

प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्याहरू, दलहरू भित्र देखा परेका समस्या र अन्तर दलबीच देखिएका समस्या समाधान गर्न फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक परेको बताएका हुन् । उनले एकले अर्कालाई दोषारोपण गर्ने र घोचपेच गर्ने क्रम बढेको बताउँदै यसरी समस्या समाधान हुने स्थिति नभएको बताए । अहिलेको समस्या समाधान गर्न संवाद, एकता र समझदारीको माध्यमबाट अघि बढ्नु पर्ने प्रचण्डले धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal