काठमाडौँ । भरतपुर महानगरपालिकाकी रेणु दाहाल खतरामुक्त रहेकी छन् । शुक्रबार दिउँसो दाहाल सवार गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको थियो । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किएर दुर्घटनामा गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा रेणको टाकाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
रेणु दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएको प्रहरी स्रोतले बताएको छ ।
भरतपुर महानगरपालिकाको मेयरको पदभार ग्रहणपछि रेणु काठमाडौँ आएकी थिइन् । उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएको बताइएको छ ।