आज :

नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब २९ करोडको कारोबार

  • अनलाइन डबली

काठमाडौँ । शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो ।

यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ । यस दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १.१५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ । यद्यपि, यस दिन होटल तथा पर्यटन समूहको उपसूचक भने ०.०८ प्रतिशतले बढेको छ ।

१५ अंकले घटेको बजारमा आज २२३ कम्पनीका ४१ लाख ४० हजार कित्ता सेयर २१ हजार भन्दा बढी पटक किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal